पत्रकारलाई बाँकी नराख्ने चेतावनी, रिपोर्टर्स क्लवमा तनाव, प्रहरी हस्तक्षेप

काठमाडौ। नेपाल आदीबासी जनजाती महासंघका महासचिव आङकाजी शेर्पाले रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला र सम्पूर्ण पत्रकारलाई ठेगान लगाउने धम्कि दिएका छन ।


रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा शेर्पाले पत्रकार महासंघलाई बाहुन पत्रकार महासंघ भन्दै आईतवार जुलुस निकाले ठेगान लगाउने चेतावनी दिएको थिए ।


उनको अभिब्यक्तिप्रति पत्रकारहरुले आपत्ति प्रकट गर्दै उनको समाचार बहिस्कार गर्ने बताए पछि शेर्पाले रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई चोरी औला ठड्याउँदै तलाई छाड्दिन सकिदिन्छु भनेर चेतावनी दिएका थिए । शेर्पाले साक्षात्कारमा उपस्थित अन्य पत्रकारहरुको आफ्नो मोवाईलबाट फोटो खिच्दै सबैलाई ठेगान लगाउने चेतावनी समेत दिएका थिए ।


धम्की दिदै उनी क्लबबाट बाहिरिएका थिए । क्लबमा तनाव भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसपछि आक्रोसित शेर्पा बाहिरिएका थिए ।


उनले अखण्ड सुदुरपश्चिम र बाहुन क्षेत्रीको आन्दोलनलाई मिडियाले प्राथमिकता दिएको र तर आफूहरुको मागका विषयलाई उपेक्षा भएको भन्दै मिडिया र पत्रकार महासंघलाई ब्राहमण नेपाल पत्रकार महासंघ भनेर नामाकरण गरेका थिए ।


तनाव भए पनि आदीवासी जनजाती संयूक्त संघर्ष समितिका सचिवालय संयोजक पर्शुराम तामाङले शेर्पाको ब्यवहार र अभिब्यक्तिप्रति दुख ब्यक्तगदै क्षमा याचना गरेका थिए । उनले आन्दोलनकारीहरुलाई प्रेस, मानवअधिकारबादी, पर्यटक, एम्बुलेन्स, दुध, तरकारीका गाडीमा आक्रमण नगर्न आग्रह समेत गरेका थिए ।


क्लबका अध्यक्ष ऋषि धमालले आफूलाई शेर्पाले धम्कि दिएको जानकारी दिदै प्रेस माथिको आक्रमणलाई प्रेस स्वतन्त्रतामाथिको आक्रमण भन्दै त्यसका विरुद्ध सम्पूर्ण पत्रकार, नागरिक समाज, मानवअधिकारबादीलाई एक हुन आब्हान गरे ।


तनावको क्रममा रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कक्षको माईक्रोफोन, पोड्रियममा समेत क्षती पुगेको छ ।

– रिपोर्टर्स क्लब नेपाल