पछिल्ला दिनमा चीन र अमेरिकाबीच कूटनीतिक बिबादको कारण बनेका चीनका सामाजिक कार्यकर्ता अमेरिका पुगेका छन् ।
दृष्टिविहीन मानवअधिकारकर्मी चेन ग्वाङ चेनलाई अमेरिकाको न्यूयोर्क विश्वविद्यालयले कानून विषय अध्ययनका लागि छात्रवृत्तिसहितको भिसा उपलब्ध गराएको थियो । उत्तरपूर्वी चीनमा नजरबन्दमा रहेका चेन केही साताअघि नजरबन्दबाट भागेर अमेरिकी दूतावासमा शरण लिन पुगेका थिए ।
आफनो र परिवारको ज्यान खतरामा रहेको भन्दै चेनले अमेरिका जाने इच्छा गरेका थिए । चीनले पनि चेन उच्च शिक्षाका लागि अमेरिका जान चाहेमा साधारण चिनियाँ नागरिकका रुपमा जान सक्ने जनाएको थियो ।
सन् २००६ मा यातायातमा बाधा पु