पाइलटहरुको आन्दोलनले संकटमा परेको भारत सरकारको वायु सेवा कम्पनी एयर इण्डिया आर्थिक संकटले थप मारमा

पाइलटहरुको आन्दोलनले संकटमा परेको भारत सरकारको वायु सेवा कम्पनी एयर इण्डिया आर्थिक संकटले थप मारमा परेको छ ।

 

एयरइण्डियाले सरकारलाई ४ सय ५४ करोड रुपैया भुक्तान गर्नुपर्ने विवरण सार्वजनिक भएपछि थप संकटमा परेको हो । एयरइण्डियाले भने सरकारबाट वित्तिय सहायता प्राप्त हुनेमा आशावादी भएको जनाएको छ । भारतीय समाचार एजेन्सी पीटिआईका अनुसार एयरइण्डियाले सेवा कर वापत मात्रै ३ सय ९५ करोड रुपैँया तिर्नु पर्नेछ ।

 

दश दिनअघि देखि पायलटहरु हड्तालमा उत्रिएपछि एयर इन्डियाका कैयौं उडानहरु रद्ध हुँदै आएका छन् । एयर इण्डियाले ५० अन्तर्राष्ट्रिय र ४ सय आन्तरिक उडान भर्दै आएको छ ।