– उमाकान्त पाण्डे गाउंले
अर्घाखाँची जगता ४ कि निरुमहत्रालाई सुत्केरी ब्यथाले च्यापेपछी शनिबार बुटवल ल्याइयो । उहालाई बन्दै बन्दकाबिच एम्बुलेन्समा राखेर यहाँ ल्याइएको हो । एम्बुलेन्समा चर्को मुल्य तिरेर लुम्बिनीअञ्चल अस्पतालमा ल्याइ उहालाई भर्ना गरियो ।
त्यस्तै दाङका सन्दिपपाण्डेलाई एपेण्डिक्स भएपछी आइतबार बुटवल ल्याइयो । एम्बुलेन्समा १२ हजार भाडातिरेर उहालाई बुटवल ल्याइएको हो ।
२४ घण्टा भित्र उपचार नपाएएपेण्डिक्स बिरामीको अप्रेशन नगरिए मृत्यु हुन्छ ।
स्याङ्जाकी पवित्रा बस्यालआफ्नो डेडबर्षको छोरा लाई उच्च ज्वरो आएपछी एम्बुलेन्समा राखी १० हजार भाडा तिरेरबुटवल ल्याइपुर्याउनु भएको छ ।
त्यस्तै रुपन्देहीमुर्गियाका रेशमलाल खनाल आफ्नी श्रीमतीको अल्सर सम्बन्धी भिडियो एक्स-रेगर्नुपर्ने भएकोले १३ किलोमिटर साइकलमै भएपनि बुटवल सम्म ल्याउनु भएको छ ।
उहाहरु सबैजना लुम्बिनीअञ्चल अस्पतालमा भर्ना हुनु भएको छ । अस्पतालमा भर्ना भए मध्ये अधिकतम रुपन्देहीभन्दा टाढा टाढाका हुनुहुन्छ । कसैको उपचार भईसकेको छ भने कसैलाई रिफर गरिएको छ ।तर बन्दका कारण उपचार पछी डिस्चार्ज भएका बिरामी घर सम्म पुग्न सकेका छैनन ।जानेनै हो भने एम्बुलेन्सलाई चर्को भाडा तिरेर रिजभ गर्नु पर्ने स्थिती छ ।
बन्दकर्ताले एम्बुलेन्सलगायत अन्य अत्यन्त जरुरीका साधनमा कडाइका साथ चेकजाच गर्न थालेका छन । “एउटैठाउँका दुई बिरामी मिलेर एउटा एम्बुलेन्स भएपनि भाडामा लिन हुन्थ्यो तरबन्दकर्ताले त्यसो गर्न पनि दिदैनन – दिई हाले पनि एम्बुलेन्सले त्यसो गर्नमान्दैनन , एक्लै भाडा तिर्न महँगो हुने गरेको अर्घाखाँची जगताकी चम्पा कार्कीलेबताउनु भयो।”
उहाले भन्नुभयो “शनिबारजेनतेन यहाँ ल्यायौ तर अब अर्घाखाँची पुराउने कसरी,सुत्केरी सगै शिशुको अवस्थासामान्य छ,घर पुराउन पाए हुने एम्बुलेन्सले महगों भाडा लिन्छ।”
गत १० – १२ दिन यता बिभिन्नजातिय संघसस्थाले गरेको बन्दका कारण यस् क्षेत्रको जनजीवन कस्टकर बनेको छ ।अस्पतालमा बिरामीको अवस्था दयनिय छ । अस्पतालमा आबश्यक पर्ने अक्सिजन ग्यासको समेतअभाब हुन लागेको हेल्थ केयर नर्सिङ अस्पतालका संचालक डा. डिबी खत्रीले बताउनु भयो। उहाले भन्नुभयो ” बन्दका कारण टाढा टाढाका बिरामी आवत – जावत गर्न समस्यापरेको छ।” बिरामी जेनतेन अस्पताल सम्म आइपुगे पनि अस्पतालमा अक्सिजन ग्यासकोअभाब श्रीजना भएकोले एमर्जेन्सी उपचार समेत गर्न नसकिने अवस्थामा पुगेको उहालेबताउनु भयो।
यस् क्षेत्रमा निरनतर १२ दिनयता बन्द छ । बन्दका कारण अक्सिजन ओसार पोसार गर्न सकिएको छैन डा. खत्रीलेभन्नुभयो । उहाले भन्नुभयो ” यस् क्षेत्रमा रिफिलिङ गर्ने भाजुरत्नइन्जिनियरिङ्ग हो , अहिले बन्दले गर्दा त्यो पनि बन्द भएकोले अस्पतालमा समेतग्यासको अभाब भएको छ।”