त्यस्तै दाङका सन्दिप पाण्डेलाई एपेण्डिक्स भएपछी आइतबार बुटवल ल्याइयो । एम्बुलेन्समा १२ हजार भाडा तिरेर उहालाई बुटवल ल्याइएको हो ।
२४ घण्टा भित्र उपचार नपाए एपेण्डिक्स बिरामीको अप्रेशन नगरिए मृत्यु हुन्छ ।
स्याङ्जाकी पवित्रा बस्याल आफ्नो डेडबर्षको छोरा लाई उच्च ज्वरो आएपछी एम्बुलेन्समा राखी १० हजार भाडा तिरेर बुटवल ल्याइपुर्याउनु भएको छ ।
त्यस्तै रुपन्देही मुर्गियाका रेशमलाल खनाल आफ्नी श्रीमतीको अल्सर सम्बन्धी भिडियो एक्स-रे गर्नुपर्ने भएकोले १३ किलोमिटर साइकलमै भएपनि बुटवल सम्म ल्याउनु भएको छ ।
उहाहरु सबैजना लुम्बिनी अञ्चल अस्पतालमा भर्ना हुनु भएको छ । अस्पतालमा भर्ना भए मध्ये अधिकतम रुपन्देही भन्दा टाढा टाढाका हुनुहुन्छ । अस्पतालमा अहिले अक्सिजन ग्यासको समेत अभाब भएको छ । अक्सिजनको अभाब देखाउदै अञ्चल अस्पतालले आकस्मिक सेवा बाहेक शल्यकृयाको सेवा बन्द गरेको छ । दैनिक १२ देखी पन्ध्र अक्सिजन सिलिन्डर खपत हुने गरेको अस्पतालमा अहिले सबै सक्किएका छन । बन्दका कारण सिलिन्डर रिफिल समेत गर्न नसकिएको अस्पतालका वरीस्ठ रेकर्डर अधिकृत लक्ष्मीराज रेग्मीले जानकारी दिनुभयो। उहाका अनुसार अक्सिजनको अभाबमा अस्पतालले आइतबार देखी आकस्मिक सेवा बाहेक शल्यकृया सेवा बन्द गरेको छ । यस्तै बन्दले निरन्तरता पाए एक दुई दिन पछी आकस्मिक सेवा समेत ठप्प हुने अवस्थामा पुग्ने रेग्मिले बताउनु भयो ।
कसैको उपचार भईसकेको छ भने कसैलाई रिफर गरिएको छ । तर बन्दका कारण उपचार पछी डिस्चार्ज भएका बिरामी घर सम्म पुग्न सकेका छैनन । जानेनै हो भने एम्बुलेन्सलाई चर्को भाडा तिरेर रिजभ गर्नु पर्ने स्थिती छ ।
बन्दकर्ताले एम्बुलेन्स लगायत अन्य अत्यन्त जरुरीका साधनमा कडाइका साथ चेकजाच गर्न थालेका छन । “एउटै ठाउँका दुई बिरामी मिलेर एउटा एम्बुलेन्स भएपनि भाडामा लिन हुन्थ्यो तर बन्दकर्ताले त्यसो गर्न पनि दिदैनन – दिई हाले पनि एम्बुलेन्सले त्यसो गर्न मान्दैनन , एक्लै भाडा तिर्न महँगो हुने गरेको अर्घाखाँची जगताकी चम्पा कार्कीले बताउनु भयो।”
उहाले भन्नुभयो “शनिबार जेनतेन यहाँ ल्यायौ तर अब अर्घाखाँची पुराउने कसरी,सुत्केरी सगै शिशुको अवस्था सामान्य छ,घर पुराउन पाए हुने एम्बुलेन्सले महगों भाडा लिन्छ।”
गत १० – १२ दिन यता बिभिन्न जातिय संघसस्थाले गरेको बन्दका कारण यस् क्षेत्रको जनजीवन कस्टकर बनेको छ । अस्पतालमा बिरामीको अवस्था दयनिय छ । अस्पतालमा आबश्यक पर्ने अक्सिजन ग्यासको समेत अभाब हुन लागेको हेल्थ केयर नर्सिङ अस्पतालका संचालक डा. डिबी खत्रीले बताउनु भयो । उहाले भन्नुभयो ” बन्दका कारण टाढा टाढाका बिरामी आवत – जावत गर्न समस्या परेको छ।” बिरामी जेनतेन अस्पताल सम्म आइपुगे पनि अस्पतालमा अक्सिजन ग्यासको अभाब श्रीजना भएकोले एमर्जेन्सी उपचार समेत गर्न नसकिने अवस्थामा पुगेको उहाले बताउनु भयो।
यस् क्षेत्रमा निरनतर १२ दिन यता बन्द छ । बन्दका कारण अक्सिजन ओसार पोसार गर्न सकिएको छैन डा. खत्रीले भन्नुभयो । उहाले भन्नुभयो ” यस् क्षेत्रमा रिफिलिङ गर्ने भाजुरत्न इन्जिनियरिङ्ग हो , अहिले बन्दले गर्दा त्यो पनि बन्द भएकोले अस्पतालमा समेत ग्यासको अभाब भएको छ।”