लकर्बी बम काण्डका मूख्य दोषी रहेका मेगराहीको लिबियाको राजधानी त्रिपोलीस्थित आफनै निवासमा मृत्यु

लकर्बी बम काण्डका मूख्य दोषी रहेका अब्दुल अल मेगराहीको ६० बर्षको उमेरमा लिबियाको राजधानी त्रिपोलीस्थित आफनै निवासमा मृत्यु भएको छ ।

 

सन १९८८ मा स्कटल्याण्डमा गराइएको लकर्बी बम काण्डका मेगराही मूख्य दोषी हुनुका साथै गुप्तचर बिभागका अधिकारीसमेत थिए ।

 

सन् १९९१ मा पक्राउ परेका मेगराहीलाई नेदरल्याण्ड्सको अदालतले सन् २००१ मा दोषी ठहर गरेको थियो । सन् २००१ देखि कारागारमा रहेपनि घातक क्यान्सरपछि उनलाई सन् २००९ मा स्कटल्याण्डको कारागारबाट सहानुभूतिका आधारमा रिहा गरिएको थियो ।

 

रिहालगत्तै लिबिया पुगेका उनलाई लिबियामा भब्य स्वागत गरिएको थियो । बम काण्डमा २ सय ७० जना मारिएका थिए ।