ईरानको विवादास्पद आणविक कार्यक्रममा सहमती खोज्न राष्ट्रसंघको आणविक अनुगमन टोली तेहरानमा

ईरानको विवादास्पद आणविक कार्यक्रममा सहमती खोज्न संयुक्त राष्ट्रसंघको आणविक अनुगमन टोली तेहरान पुगेको छ ।

 

अन्तराष्ट्रिय आणविक उर्जा एजेन्सी आईएईएका युकिया अमानोको संयोजकत्वमा राष्ट्रसंघीय निरीक्षण टोली ईरान पुगेको हो ।

 

ईरान जानुअघि अष्ट्रीयाको भिएना विमानस्थलमा संचारकर्मीसँग बोल्दै अमानोले ईरानको विवादास्पद आणविक कार्यक्रमको सम्बन्धमा कुटनीतिक निकाश निस्कनेमा आफु निकै आशावादी रहेको प्रतिक्रिया दिनुभयो ।

ईरानको आणविक कार्यक्रमकै विषयमा छलफल गर्न आगामी बुधवार ईराकको बगदादमा ६ राष्ट्र सम्मिलित वहुराष्ट्रिय वार्ता हुँदैछ । यसैको पुर्वसन्ध्यामा तेहरान पुगेको अनुगमन टोलीले ईरानी वार्ताकार साईद जलीलीसँग वार्ता गर्नेछ ।ईरानको विवादास्पद आणविक कार्यक्रमलाई लिएर पश्चिमा मुलुहरुसँग उसको शत्रुतापुर्ण सम्बन्ध रहँदै आएको छ ।

 

 

अमेरीका र उसका मित्रराष्ट्रहरुले ईरानले आणविक हतियार विकाश गरीरहेको आरोप लगाँउदै आएको छ भने तेहरानले आणविक कार्यक्रम उर्जा विकाशको लागि मात्रै केन्द्रीत भएको दावी गरीरहेको छ ।