– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची – आदिवासी जनजातीले गरेको नेपाल बन्द अन्तरगत अर्घाखाँचीमा आन्दोलनकारीले आज दिउसो १ बजेदेखी बन्द फिर्ता लिएका छन ।
लामो समयको बन्दले जनजीवन कष्टकर भएको भन्दै उनीहरुले फिर्ता लिएका हुन ।
सन्धिखर्कको शान्ति बगैचामा संघर्ष समितिका संयोजक पिताम्बर शारुले कोणसभा गरी १ बजेदेखी बन्द फिर्ता लिएको घोषणा गरेका छन । बन्द फिर्ता भएपछि यातायात बजार खुलेपछि जनजीवन सामान्य बन्दै गएको छ ।
जातीय राज्यको माग गर्दै लामो समय बन्द हुँदा जनजीवन कष्टकर बन्दै गएपछि जनताले उल्टै प्रतिकार गर्ने अवस्था आएपछि बन्द फिर्ता लिएको सारुले बताए ।
उनले केन्द्रमा वार्ता भएर भोलिदेखी नेपाल बन्द फिर्ता भए हुन्थ्यो भन्ने आशामा रहेपनि वार्ताद्धारा समाधान हुने कुनै संभावना नदेख्दा आफुलाई निराशा छाएको बताए ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.