अफगानिस्तानमा तैनाथ नेटो सेनाले आगामी २०१४ पछि अफगानिस्तान छाड्ने भएका छन् ।
अमेरीकाको राजधानी शिकागोमा भएको उत्तर एटलान्टीक सन्धी संगठन नेटोको सम्मेलनले सन २०१३ को मध्यतीर अफगानी सुरक्षाकर्मीलाई जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय गरेको हो ।
अफगान सुरक्षाकर्मीलाई जिम्मेवारी हस्तान्तरण गरेको ६ महिनापछि नेटो गठबन्धन फौजले पुर्ण रुपमा अफगानिस्तान छाड्ने बताईएको छ । अफगानीस्तानबाट नेटो फौज फिर्ता भएपनि अफगान सुरक्षकर्मीसँग नेटोको सहकार्य भने जारी राख्ने निर्णय नेटो सम्मेलनले गरेको ।
यता अफगानिस्तानमा तैनाथ नेटो फौजको लागि खाद्यान्य आपुर्ती गर्ने बाटो खुला गर्ने विषयमा नेटो सम्मेलनले उपलब्धी हात पार्न सकेन । नेटो फौजको सैन्य कारवाहीमा २४ पाकिस्तानी सेना मारीएपछि पाकिस्तानले आप्mनो भुमी हुँदै सामग्री आपुर्ती गर्ने बाटो बन्द गरीदिएको थियो ।
यही विषयमा पाकिस्तानलाई फकाउन नेटो सम्मेलनमा पाकिस्तानी राष्ट्रपति आसीफ अली जर्दारीलाई बोलाईएपनि ठोस सहमती बन्न भने नसकेको हो ।