श्रीलंकाका पूर्व सेनाप्रमुख सरथ फोन्सेकालाई रिहा गरिएको छ । राष्ट्रपति महिन्दा राजपाक्षेको आदेशपछि उनलाई छाडिएको हो ।
सन् २०१० मा श्रीलंकामा भएको निर्वाचनमा फोन्सेका पनि राष्ट्रपति राजपाक्षेसँग प्रतिष्पर्धामा उत्रेका थिए । चुनावमा पराजित भएको दुई सातापछि उनलाई पक्राउ गरिएको थियो । फोन्सेकाको रिहाईमा समर्थकले खुसियाली मनाएका छन् । सरकारसँगको आफ्नो लडाइँलाई कायमै रहने प्रतिबद्धता फोन्सेकाले व्यक्त गरेका छन् ।
चुनावमा वर्तमान राष्ट्रपति राजापाक्षेले धाँधली गरेको आरोप लगाएपछि फोन्सेकालाई पक्राउ गरी हालसम्म जेलमै राखिएको थियो । श्रीलंकामा करिब तीन दशकसम्म जारी तालिम टाइगरको गृहयुद्ध अन्त्यका लागि फोन्सेकाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
निर्वाचनमा पराजयसँग उनीविरुद्ध सैनिक सूचना चुहाएको लगायतका आरोप लगाई जेल हालिएको थियो ।