विश्व बजारमा बेरोजगार युवाको संख्या विकराल बन्दै गएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओले विश्वभर करिब १३ प्रतिशत युवा बेरोजगार रहेको र उनीहरुसँग कुनै काम नभएको जनाएको छ ।
कम्तिमा अरु चार वर्षसम्म यस अवस्थामा सुधार पनि आउनसक्ने कुनै स्थिति नरहेको आइएलओले बताएपछि विकराल स्थिति सामुन्ने आएको हो । सीप र दक्षतामा निपूर्ण युवाले पनि दक्षता जरुरी नपर्ने जस्ता पार्टटाइम काममा चित्त बुझाइरहनु परेको आइएलओको प्रतिवेदनमा उल्लेख छ ।
६० लाखभन्दा बढी युवा त काम खोज्दा खोज्दा नपाएर निराश भई रोजगारीको खोजीमा लाग्नै छाडेको आइएलओको दावी छ । संगठनले विश्वभरका सरकारलाई युवामा वितृष्णा उत्पन्न हुन नदिन रोजगारी सृजनामा लाग्न आह्वान गरेको छ ।