अर्घा धरमपानीमा मकै छर्न नपाए पछि पुजाआजा

– प्रेमनारायण आचार्य

 

  अर्घाखाँची १० जेठ । अर्घाखाँचीको अर्घा धरम्पानीमा आज स्थानीय कृषकहरुलॆ पानीको माग गर्दै पुजा आजा गरेका छन् ।


जेठको दोस्रो साता लाग्दा समेत पानी नपरेर मकै छर्न नपाए पछि धरम्पानीका २५ जना कृषकहरु मिलि पानीको माग गर्दै पुजा आजा गरेको कृषक नारायण आचार्यले बताउनु भयो ।  


  धरमपानीका बासडाडा लामीडाडा र अमराईका कृषकहरु मिलि पानीको माग गर्दै फिरन्तरे देबीको पुजा गरेका हुन् ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.



अन्य समाचारहरु