– प्रेमनारायण आचार्य
अर्घाखाँची १० जेठ । नेपालका अधिकांस स्थानमा मानिसले समेत आयोडिन युक्त नुन नपाएको समयमा लुम्बिनी सामाजिक बिकास केन्द्र अर्घाखाँचीले किमडाँडा गाविसमा रहेका जर्सी गाईलाई आज एकै ठाउमा जम्मा गरि आयोडिन युक्त नुन बितरण गरेको छ ।
आयोडिन युक्त नुनले २० प्रतिशत सम्म बृद्धि हुने गर्भाधारण क्षमतामा बृद्धि हुने रोगब्याधि कम लाग्नेभएकाले जर्सीगाई लाई आयोडिन युक्त नुन बितरण गरिएको लुम्बिनी सामाजिक बिकास केन्द्रका अध्यक्ष ईन्द्रमणि पौडेलले बताउनु भयो ।
आज किमडाडाका झण्डै एक सय जर्सी गाई पन्थिका चौरमा जम्मा गरि आयोडिन युक्त नुन बितरण गरि आयोडिनका बारेमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा लक्ष्मी गाई पालन समुहले प्रत्येक बर्षको बैसाखको पहिलो सनिबार गाई दिबस मनाउने पनि निर्णय गरेको छ ।
किमडाडा गाविसमा भण्डै ५० जना कृषकहरु अहिले ब्यबसायीक जर्सी गाई पालन तर्फ लागेका छन् । अहिले किमडाडाका बिदेस गएका युबाहरु पनि बिदेशबाट फर्किएर ब्यबसायीक गाई पालनमा लागेर मनग्य आम्दानी गर्न सफल भएको लक्ष्मी गाई पालन समुहका अध्यक्ष धर्मराज बन्जाडेले बताउनु भयो ।
आयोडिन नुन बितरण कार्यक्रममा लुम्बिनी सामाजिक बिकास केन्द्र अर्घाखाँचीका अध्यक्ष ईन्द्रमणि पौडेल सचिब सुरज सारु गाई पालक कृषक गणेश बन्जाडे पुस्करनाथ बन्जाडे नेपाल पत्रकार महासंघका सचिब प्रेमनारायण आचार्य । पत्रकार बिरेन्द्र केसी सबिता आचार्य लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम गाई पालक समुहका अध्यक्ष धर्मराज बन्जाडेको अध्यक्षता गोकर्णनाथ बन्जाडेको स्वागत मन्तब्य र चन्द्रप्रसाद बन्जाडेको संचालनमा सम्पन्न भएको हो ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.