अमेरिकाले पाकिस्तानलाई दिँदै आएको आर्थिक सहायतामा कटौती गर्ने बताएको छ ।
अलकायदाका नाइके ओसामा बिन लादेनको सुराकीका लागि अमेरिकालाई सहयोग गरेको भन्दे डा शकील अफरीदीलाई जेल सजाय सुनाएपछि अमेरिकी सिनेट एक समितिले ३ करोड ३० लाख डलर सहयोग राशी कटौती गर्न निर्णय गरेको हो बीबीसीले जनाएको छ ।
बीबीसीको समाचारमा उल्लेख भएअनुसार अमेरिकी अधिकारीको उक्त समितिले तोकिएको जेल सजायको आधारमा हरेक वर्ष १० लाख डलर कटौती गरिने जनाइएको छ ।
अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले अफरीदीमाथिको सजाय गलत भएको टिप्पणी गरेकी छन् ।