फ्रान्सका राष्ट्रपति फ्राँस्वा ओलाण्ड अनौपचारिक अफगानिस्तान भ्रमणमा


 

फ्रान्सका राष्ट्रपति फ्राँस्वा ओलाण्ड अनौपचारिक भ्रमण क्रममा अफगानिस्तान पुग्नुभएको छ । अफगानिस्तानमा तैनाथ फ्रान्सेली सैनिकहरुलाई भेट्ने उद्देश्यले राष्ट्रपति ओलाण्ड अफगानिस्तान पुग्नुभएको हो ।

 

अफगानिस्तानमा तैनाथ फ्रान्सेली सैनिकलाई यसै बर्षको अन्त्यमा फिर्ता गर्ने निर्णय गर्नुभएका ओलाण्ड आफना सैनिकहरुलाई भेट्ने इच्छा स्वरुप अफगानिस्तान पुग्नुभएको फ्रान्सेली बिदेशमन्त्रालयले जनाएको छ । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीले अफगानिस्तानमा तैनाथ रहेका आफना सैनिकहरुलाई सन् २०१४ सम्ममा फिर्ता बोलाइसक्ने निर्णय गर्नुभएको थियो ।

 

तर सो निर्णयलाई उल्टाउँदै नवनिर्वाचित राष्ट्रपति ओलाण्डले यसै बर्षको अन्त्यमा अफगानिस्तानबाट सैनिक फिर्ता गर्ने निर्णय गर्नुभएको थियो । अफगानिस्तानमा हाल करीब तीन हजार फ्रान्सेली सैनिक तैनाथ छन् ।