– गणेश खनाल
अर्घाखाँची जेठ १४ गते । मकै बोट मै मर्न थालेपछि अर्घाखाँचीका कृर्षक चिन्तित भएका छन् । लामो समय देखी आकासबाट पानी नपरेपछि मकैका बोटहरु मर्न र सुक्न थालेका हुन् ।
अर्घाखाँचीका रतलेमा एक कृर्षकले छरेको मकै सुकेको अवस्थामा । अर्घाखाँचीमा अहिले अधिकाम्स कृर्षकको मकै यसरी नै सुकेको कृर्षकहरुको भनाई छ ।
जिल्लाको सन्धिर्खक बाँगी खनदह हसपुर ठाडा सितापुर लगाएतका अधिकाम्स ठाउमा पानी नपरेपछि मकैका बोटहरु धमाधम मर्न थालेको कृर्षकहरुको भनाई रहेको छ ।
बैशाखको पहिलो हत्तामा छरेका मकै छरे देखी नै पानी नपरेपछि बोटहरु मर्न थालेको कृर्षकहरुले बताएका छन् । कुनै ठाउमा छरेका मकैहरु मर्न थालेका छन् भने कुनै ठाउमा मकैको बतलि सकिदा सम्म छर्ने सुरासार देखीएको छैन् ।
पानी समयमै परेन कसरी मकै छर्ने बाँगीका कृर्षक नारायण खनालले भन्नुभयो । पानीको प्रतिक्षा गर्दा गदै यस पाली त मकैको बतलि नै जान थाल्यो दु ख मान्दै खनालले थप्नुभयो । यस्तै खेतबारीमा छरेको मकै पनि पानी नपरेपछि सबै सुकेर मर्न थाल्यो खनदहकी जानाका खनालले बताउनुभयो ।
मुटु फुट्ने गरि खेतमा मकै छरियो तर अहिले सबै मरेर खरानी हुन थाल्यौपरिश्रम गरेका हात देखाउदै खनालले थप्नुभयो । कृर्षकको भाग्य नै कस्तो कहिले हावा हुरि कहिले असिना पानी कहिले खडेरीले हामी किसानको परिश्रमको फल लगिदिन्छ खनालले अगाडी भन्नुभयो ।
लामो समयको खडेरीका कारण अर्घाखाँचीका अधिकाम्स पानीको मुहान पनि सुक्न थालेको जनाईएको छ । पानीका मुहान सुक्न थालेपछि गाँउ गाँउमा पानीको हाहाकार हुन थालेको स्थानीय बासिन्दाहरुको भनाई छ ।
पानी लामो समय देखी नपरेकोले अर्घाखाँचीको खाद्य उप्पादनमा यस वर्ष ह्ँस आउन सक्ने जिल्ला कृर्षी विकास कार्यलय अर्घाखाँचीका प्रमुख यामनारायण देवकोटाले बताउनुभयो । उहाँका अनुसार अर्घाखाँची मकै उप्पादनका हिसावले राम्रो जिल्लाको रुपमा रहेको सापकोटाको भनाई छ ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.