बर्माको औपचारिक भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री डा.मनमोहन सिंहले आज बर्मेली राष्ट्रपति थिन सेनसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।
सिहंले भ्रमणक्रममा दुई देशबीच व्यापारिक र कुटनीतिक साझेदारीमा जोड दिइने र यसबाट सम्बन्ध थप सुदृढ हुने आशा व्यक्त गर्नुभएको छ ।
भ्रमणक्रममा प्रधानमन्त्री सिंहले बर्माकी विपक्षी नेतृ आङ साङ सूकीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । सुकीकी आमा कुनै समय भारतका लागि बर्मेली राजदुतका रुपमा कार्यरत रहेकाले पनि सुकीको भारतसँग निकट सम्बन्ध रेको वताइन्छ ।
बर्मामा भण्डार गरिएको प्राकृतिक वायूको उपयोग गर्नु पनि सिंहको भ्रमणको उद्देश्य रहेको वताइएको छ । बर्मामा लोकतान्त्रिक सुधारपछि भारतीय प्रधानमन्त्रीको यो पहिलो र २५ वर्षपछिको उच्चस्तरीय भ्रमण हो । Agencies