बर्तमान सरकारको राजिनामा माग्दै सन्धिर्खकमा विरोध प्रर्दशन


 

– प्रेमनारायण आचार्य


अर्घाखाँची १५ गते । बर्तमान सरकारको राजिनामा माग्दै नेकपा एमाले र राष्टिय जनमोर्चाले सोमवार सन्धिर्खकमा छुट्टा छुट्टै स्थानमा विरोध सभा गरेका छन् ।

 



नेकपा एमालेले सन्धिर्खकको शान्ति बगैचाको सडकमा विरोध सभाको आयोजना गरेको थियो भने राष्टिय जनमोर्चाले शान्ति बगैचा भित्र विरोध सभा सम्र्पन गरेको छ ।

 



विरोधमा बोल्ने नेताहरुले बर्तमान सरकार असबैधानिक भएको भन्दै तुरुन्त राजिनामा दिन आग्रह गरेका थिए ।

 



यसरी मन्तव्य राख्नेमा एमालेका जिल्ला अध्यक्षँ रामजि प्रसाद घिमिरे प्रवित्रा पौडेलराष्टिय जनमोर्चाका सागर केसी लगाएतका थिए । कोण सभा हुन भन्दा पहिला एमालले सदरमुकाम सन्धिर्खकमा न्याली समेत निकालेको थियो ।

 


 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.



अन्य समाचारहरु