– प्रेमनारायण आचार्य
अर्घाखाँची १५ जेठ। अर्घाखाँचीको सन्धिखर्कमा जिल्ला युबा संजालका सदस्य र अन्य युबाका लागि लैंगिक हिंसा अन्त्यका लागि हाम्रो भुमिका बिषयक ३ दिने तालिम आज देखि सुरु भएको छ ।
महिला तथा बालबालिकाकार्यलय अर्घाखाँचीको आयोजना संयुक्त राष्ट्र संघ जनसंख्या कोष – गलाउब र जिल्ला बिकास समितिको कार्यलय अर्घाखाँचीको सहयोगमा तालिम सुरु भएको हो ।
तालिमको सहजीकरण जेण्डर मास्टर प्रशिक्षक चन्द्रमणि पाण्डे र संयुक्त राष्ट्र संघ जनसंख्या कोषका जिल्ला संयोजक पुर्ण बिकले गर्नु भएकोछ ।
कार्यक्रमको उद्घाटनसमारोह स्थानीय बिकास अधिकारि हेमनाथ भुसालको प्रमुख आतिथ्यता महिला बिकासकार्यलयकी महिला बिकास अधिकृत जमुना भण्डारीको अध्यक्षता नुमा पाण्डेको संचालन रसंयुक्त राष्ट्र संघ जनसंख्या कोषका जिल्ला संयोजक पुर्ण बिकको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.