– प्रेमनारायण आचार्य
अर्घाखाँची १६ जेठ । सार्बजनिक निकायद्धारा लक्षित बर्गको लागि विनियोजित अनुदान खर्च पुनराबलोकन तथा समुदायको सम्लग्नता कार्यक्रम सम्वन्धि जानकारी मुलक जिल्ला स्तरिय अन्तरकि्रया कार्यक्रम लुम्बिनी सामाजिक बिकास केन्द्रको आयोजनामा सन्धिखर्कमा सम्पन्न भएको छ ।
कार्यक्रमको सहजिकरण परियोजना अभ्यासकर्ता सुरज सारुले गर्नु भएको थियो । विश्व बैकको सहयोगमा नेपालमा मासामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत सार्वजनिक निकायद्धारा लक्षित वर्गलाई विनियोजित अनुदान खर्च पुनरावलोकन तथा समुदायको संलग्नता अध्ययन परियोजना कार्यक्रम अर्घाखाँची जिल्लाको धातिवाङ्ग र सिद्धारा गा वि संचालन भएको छ ।
कार्यक्रममा एनेकपा माओवादीका जिल्ला सचिव ठाकुर कुमार विक नेपाली कांग्रेस जिल्ला सभापति कमल भुसाल नेकपा एमालेका जिल्ला अध्यक्ष रामजी घिमिरे राजमोका सागर के.सी ने क पा एकिकृतका यमुना भुसाल जि वि स अर्घाखाँचीका कार्यक्रम अधिकृत हरिश्चन्द्र भुसाल सिद्धारा गाविसका गाविस सचिव नारायण भटराई सस्थाका सल्लाहाकार विष्णु मुस्कान अध्यक्ष ईन्द्रमणि पौडेल तथा सस्थाका कर्मचारीहरु लगायत पत्रकार हरुको सहभागिता रहेको थियो ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.