निर्वाचन आयोग तोकिएको मितिमा अर्को संविधानसभाको निर्वाचन गर्न प्रतिबद्ध

काठमाडौ – निर्वाचन आयोगले तोकिएको मितिमा अर्को संविधानसभाको निर्वाचन गर्न प्रतिबद्ध रहेको जानकारी सरकारलाई पठाएको छ । आउँदो मंसिर ७ गते संविधानसभाको निर्वचान तोकिएको जानकारीको जवाफमा आयोगले उक्त प्रतिबद्धता पठाएको हो ।

‘नेपाल सरकारले संवत् २०६९ मंसि‌र ७ गते बिहीबार अर्को संविधानसभाको निर्वाचन गर्ने गरी मिति तोकेकोमा सो मितिमा स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्धता व्यक्त गर्दछ’ आयोगको जवाफमा भनिएको छ ।

जेठ १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्वाचन घोषणा गरिएको पत्र निर्वाचन आयोगमा पठाएको थियो ।