सन्धिर्खकमा लाग्ने हाटबजारले तरकारी उत्पादन गर्ने किसान उत्साहित

– गणेश खनाल


अर्घाखाँची जेठ १७ गते । आफुले उत्पादन गरेको तरकारी हाटबजारमा विक्री हुन थालेपछि जिल्लामा व्यवसायीक रुपमा तरकारी खेती गदै आएका किसानहरु उत्साहित भएका छन् ।

 



अर्घाखाँचीमा पछिल्लो १ वर्षमा एक दर्जन जति तरकारी संकलन केन्द्र तथा हाटबजारहरु सचालनमा आएपछि कृर्षकहरु थप उत्साहित भएका हुन् । विभिन्न सहयोग र आफनो सृजनशिल पहल कदमीबाट व्यवसायीक तरकारी खेती गदै आएका कृर्षकहरुको आफनै पहलमा संकलन केन्द्र तथा हाटबजार सचालन भएका हुन् ।

 


 

जिल्ला सदरमुकाम सन्धिर्खक जगता किमडाडा नरपानी फुदवाङ्ग हसपुर खनदह लगायतका स्थानमा हाटबजार तथा संकलन केन्द्रहरु सचालनमा आएको कृर्षी विकास कार्यलय अर्घाखाँचीले जनाएको छ । यसरी आफनै गाउँ ठाउ मै आफुले उत्पादन गरेको तरकारी खपत भएपछि किसानहरु थप तरकारी खेती तिर हौसिएका छन् ।


जिल्लाका अधिकांस गाउहरुमा किसानहरुले व्यवसायी बेमौसमी तरकारी गरिरहेका छन् । तरकारी केन्द्र र हाटबजार व्यवस्थापित भएपछि गुल्मी पाल्पा कृष्णनगर पठाउनु पर्ने झन्झटबाट किसानहरुले मुत्त पाएका छन् । बढी उत्पादन भएको तरकारी भने ति जिल्लाहरुमा पठाईने किमडाडाका कृर्षक गणेश बजान्डेले जानाकारी दिनुभयो ।

 



जिल्लाका ४२ गाविस मध्ये झन्डै २५ गाविसमा कृर्षहरुले व्यावसायीक रुपमा तरकारी खेति गदै आएको कृर्षी विकास कार्यालय अर्घाखाँचीका प्रमुख यामनारायण देवकोटाले जानाकारी दिनुभयो । ठाउ ठाउमा तरकारी केन्द्र तथा हाटबजारहरु साचालनमा आएपछि किसानहरु तरकारी खेतीतिर बढी लागेको देवकोटाको भनाई छ ।


गाउमा तरकारी खेतीबाट राम्रै आम्दानी हुन थालेपछि देखासिकी गर्ने कृर्षकहरुको पनि सख्या बढेको अर्का सफल कृर्षक पुस्कर बजान्डेको भनाई छ । अन्य खाचिकोट ठाडा अम्मराई लगायतका ठाउमा उत्पादन भएको तरकारी गाउका अतिरित्त भारतम सम्म जाने गरेको किसानहरुको भनाई छ ।


गाउमा कृर्षकहरुले व्यवसायीक रुपमा बेमौसमी तरकारी खेती गदै आएका छन् । जिल्लामा व्यवसायीक रुपमा तरकारी गरिदै आएको भएपनि सरकारी निकायबाट भने राम्रो सहयोग नपाईएको कृर्षकहरुको भनाई छ ।

 



जिल्ला सदरमुकाम सन्धिर्खकको हाटबजारमा एक हाटबजारमा ३ लाख भन्दा बढी कारोवार हुने गरेको व्यापारी कमल खड्काले बताउनुभयो । जिल्लामा १ वर्ष यता देखी मात्रै हाट बजार साचालनमा आएका छन् ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.



अन्य समाचारहरु