सुपुर्दगीविरुद्ध गरिएको अपील खारेज भएपछि विकिलिक्स संस्थापक जुलियन असान्जलाई बेलायतबाट स्वीडेन पठाइने

लन्डनको सर्वोच्च अदालतमा सुपुर्दगीविरुद्ध गरिएको अपील खारेज भएपछि विकिलिक्स संस्थापक जुलियन असान्जलाई बेलायतबाट स्वीडेन पठाइने भएको छ ।

 

स्वीडेनमा उनीविरुद्ध यौन दुव्र्यवहारको मुद्दा छ ।

 

बेलायतको सर्वोच्च अदालतका न्यायाधिशहरुको बहुमतले अपील खारेज गर्ने निर्णय गरेको हो ।

 

पछिल्लो पटक अमेरिकी विदेश मन्त्रालय र विभिन्न देशका दूतावासको गोप्य कुटनीतिक दस्तावेजलाई सार्वजनिक गरेर विकिलिक्स चचिर्त भएको थियो ।