यस बर्षको एसएसली नतिजा ‘असार पहिलो साता’

काठमाडौं, जेठ १८ ।  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षाको नतिजा असारको पहिलो साता निकाल्ने तयारी भइरहेको जनाएको छ। अहिले परिस्थिति सहज भएकाले उपत्यकाबाहिरका जिल्लाबाट उत्तरपुस्तिका परीक्षण भई केन्द्रमा आउने क्रम तीव्र भएकाले केन्द्रले लक्ष्य अनुसारै नतिजा प्रकाशन गर्ने दाबी नियन्त्रक डिल्लीराम रिमालको छ।  



 

‘देशको परिस्थिति सहज भएकाले जिल्लाबाट उत्तर पुस्तिका नआउने हो कि भन्ने डर सकियो,’ उनले भने, ‘तराई र सुदूरपश्चिमी जिल्ला खुला भएकाले उत्तरपुस्तिका परीक्षण भई धमाधम आउन थालेको छ।’ पनिकाले उत्तरपुस्तिका ल्याउने र व्यवस्थापन गर्ने काम गरिरहेको छ। 



यस वर्षको एसएलसी परीक्षामा नियमित र एक्जाम्टेड गरी देशभरबाट कुल पाँच लाख २८ हजार दुई सय ५७ ले परीक्षा दिएका थिए। उत्तरपुस्तिका परीक्षण गर्न मुलुकभर कुल ५४ परीक्षण केन्द्र तोकिएको छ।



विगत वर्षभन्दा यस वर्ष एसएलसी परीक्षा एकसाता छिटो सञ्चालन गरिएको थियो। त्यही अनुसार पनिकाले असार पहिलो साता नतिजा प्रकाशन गर्ने लक्ष्य लिएको उनले बताए।

 

– नागरिक