नेकपा एमालेले यथास्थितिमा ताजा निर्वाचन गर्न सम्भव नभएको भन्दै तत्काल नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन माग गरेको छ । एमाले स्थायी समिति वैठकपछि शिर्ष नेताहरु सम्मिलित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष झलनाथ खनालले माओवादीले आफ्नै पार्टीभित्र र बाहिरका विपक्षीलाई पाखा लगाउने र संसदविहीन अवस्थामा स्वेच्छाचारी शासन चलाउने दुरासयले निर्वाचनको नाटक गरेको बताउनु भयो ।
माओवादी र सरकारको यो कदमले १२ बुँदे सहमतिलाई समेत चकनाचूर बनाएको भन्दै उहाँले माओवादीका असंवैधानिक कदम र राष्ट्रिय सहमतिको सरकारका लागि एमालेले प्रजातान्त्रिक शक्तिहरुसँग मिलेर देशव्यापी भण्डाफोर कार्यक्रम संचालन गर्ने पनि जनाउनुभयो । पत्रकार सम्मेलनमा एमाले स्थायी कमिटी सदस्य के.पी.ओलीले प्रधानमन्त्री स्वतः पदमुक्त भईसकेकाले अब सहमतिको सरकार बनाएर जाने बताउनु भयो ।
यस्तै उपाध्यक्ष वामदेव गौतमले संविधानसभा जोगाउनका लागि संकटकाल लगाएर ६ महिना म्याद थप्ने सहमति हुँदा