काठमाडौं – एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि अध्यक्ष छाडेर केन्द्रीय सदस्यमा मात्र बस्न तयार रहेको बताएका छन् ।
केन्द्रीय समितिको शुक्रबारको बैठकमा दाहालले आफू नै एकताका लागि बाधक भएको मोहन वैद्य समूहको निष्कर्ष रहे पद त्याग्न तयार रहेको बताएका हुन् । ‘मिडियामा अध्यक्ष नै बाधक भएका किरणजी (वैद्य)का भनाइ आइरहेका छन्,’ दाहाल निकट पोलिटब्युरो सदस्य हरिबोल गजरेलले राजधानीमा एक टेलिभिजनसँगको अन्तर्वार्तामा भने, ‘राजीनामा नै विकल्प हो भने म पद त्याग्छु भन्ने अध्यक्षको भनाइ रहृयो ।’
शान्ति र संविधानबारे मूल नेतृत्वको नीति असफल भएको भन्दै वैद्य समूहले नैतिकताका आधारमा राजीनामा दिन माग गरेलगत्तै दाहालको यस्तो भनाइ आएको हो । दाहालले अत्यन्तै संक्रमणकालीन अवस्थामा पार्टी विभाजन भए राम्रो सन्देश नजाने भन्दै एकताका लागि आहृवान गरेका हुन् ।
दाहालले वैद्य समूहका सवै मागबारे आफू खुलारुपमा छलफल र त्याग गर्न तयार रहेको पटक-पटक दोहोर्याएका थिए । ‘तर किरणजीहरु केन्द्रीय समिति बैठकमा त आउनुपर्यो नि,’ दाहालले भनेका थिए, ‘बाहिर बाहिर अनेक कुरा गर्नुहुन्छ, छेउमै नआएपछि विवाद मिल्ने हैन बल्झिँदै गयो ।’
दाहालपक्षीय पोलिट्ब्युरो सदस्य गजुरेलले पार्टी फुटेको घोषणमात्र हुन बाँकी रहेको स्वीकार गरे । ‘सारतत्व वैद्य समूह फुटेकै हो,’ उनले भने, ‘एकता धेरै टाढा छ, हामी टाढिइसक्यौंमात्रै भनेपछि के भनी बुझ्ने ?’
एकताको प्रस्ताव उपाध्यक्ष मोहन बैद्य किरणले अस्विकार
काठमाडौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफू निकट नेता हरिबोल गजुरेलमार्फत पठाएको पार्टी एकताको प्रस्ताव उपाध्यक्ष मोहन बैद्य किरणले अस्विकार गरिदिएका छन् ।
बैद्य पक्षले पार्टी एकता असम्भव बन्दै गईरहेको भन्दै अलग्गै राष्ट्रिय भेलाको आब्हान गरे पछि बसेको प्रचण्ड निकटहरुको अनौपचारिक बैठकपछि गजुरेल एकताको नयाँ प्रस्ताव लिएर गएका थिए ।
गजुरेलका अनुसार अध्यक्ष प्रचण्डले पार्टी एकीकरण हुन्छ भने आफू अध्यक्ष पदसमेत त्याग्न तयार रहेको प्रस्ताव पठाएका थिए ।
जसलाई उपाध्यक्ष बैद्यले यस्तो वाईहात प्रस्ताव लिएर नआउनुस, हाम्रो पार्टीको नीतिमै असहमति छ । पार्टी अध्यक्ष पदकोलागी आफूहरुले पार्टी फुटाउन नलागेको होईन भनेर प्रस्ताव अस्विकार गरिदिएका थिए ।
बैद्यले आफूहरुको असहमति पार्टीले लिएको कार्यनीति र रणनीतिमै रहेकोले पार्टी एकीकरणकोलागी नेतृत्वले आफूहरुबाट गल्ती भएको स्विकार गर्दै पदको बाडफाड देखि सबै विषयमा पुनरावलोकन हुनु पर्ने बताएका थिए ।
सहमति गर्ने भए सबै विषयमा प्याकेजमै सहमति खोज्नु पर्छ । त्यसमा अध्यक्ष पद पनि पर्न सक्छ ।
लामो समयदेखि कायम रहेको विवादका कारण माओवादी पार्टी एउटा भए पनि त्यसभित्र बैद्यले समानान्तर रुपमा पार्टी सन्चालन गरिरहेका छन् । पार्टी फुटकै नजिक पुगेपछि प्रचण्डले सहमतिको प्रयास थालेका हुन । प्रचण्डले हिजो मात्रै बैद्यसँग भेटेर सहमतिको प्रयास गरे पनि प्रयास असफल भएको थियो ।