फ्रान्सका राष्ट्रपति फ्राँस्वा ओलाण्डले सिरियामा देखिएको जारी संकटको समाधान राष्ट्रपति बशर अल असदको सत्ताबाट बहिर्गमन मात्र रहेको बताउनु भएको छ ।
पेरिसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्तापछि उहाँले सिरियाविरुद्ध अब राष्ट्रसंघले प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिनुभयो ।
रुसी राष्ट्रपति पुटिनले भने सिरियाका विद्रोही पनि आमजनताको हत्यामा जिम्मेवार रहेको भन्दै ओलाण्डले राखेको प्रतिबन्धको प्रस्तावमाथि नै प्रश्न उठाइदिनुभएको छ ।
रुसले राष्ट्रसंघीय सुरक्षा परिषदमा सिरियामा भैरहेको नरसंहारबारे आएको प्रस्तावको विपक्षमा मत दिएको थियो ।