— बाबु रोका मगर,रामकुमार रोका मगर
(हाल नयाँ दिल्ली भारत)
– जोगिटारी(बेसी)गाउँको बारेमा छोटो जानकारी
भौगलिक बनावटले त्यती फराकिलो नभएतापनी सानो पहाडको फेदिमा दुई खोलाहरु पूर्वमा खाकाबेसी र पश्चिममा छापे खोलाको किनारमा बसेको सानो सुन्दर अनी रमणिय गाउँ हो जोगिटारी (बेसी)!
अर्घाखाँची र प्युठान जिल्लाको सिमानामा पर्ने र तीन गाबिस प्युठान जिल्लाको बिजुली,अर्घाखाँची जिल्लाको ढाकाबाङ र असुरकोट गाबिसको बिचमा रहेको अर्घाखाँची जिल्लाकै असुरकोट गाबिस वडा नम्बर ९ मा पर्ने जोगिटारी बेसी)!
कम्तिमा २०० जनाको जनसंख्या रहेको पुर्खौलीबाट मगर जातीहरुको मात्र बसोबास रहदै आएको मगर बस्ती हो| पहाडी भेकको मुख्य पूर्व पश्चिम राजमार्ग यही गाउँबाट जोडीएको छ,जो अहिलेको परिस्थिती अनुसार प्राय तराई बन्द भई रहदा पूर्वपश्चिम जानको लागि यो बाटो उपयुक्त भएको छ| यो गाउँको बाटो हुँदै पूर्वमा अर्घाखाँची,गुल्मी,पाल्पा,पोखरा हुँदै काठमान्डौ र पश्चिममा प्युठान,रोल्पा,दाङ,सल्यान,सुर्खेत,धनगढी-महेन्द्रनगर सम्म आफ्नो गनतब्य पुरा गर्न सकिन्छ|
यहाँको खेतबारिमा १२ महिना सिचाईको व्बस्था भएको हुँदा मेहनती मानिसले कृषिजन्यवस्तु उत्पादन गरी बेचबिखन गरेर आफ्नो परिवार को जिबिका चलाऊन सक्छ|आजभन्दा आठ बर्ष पहिले यो गाउँमा प्युठानको झिम्रुक जल विधुतबाट बिजुलिको सुबिधा पाएपछी सबैको घर-घरमा मनोरन्जनात्मक बस्तुहरु टेलिभिजन,कम्प्युटर,डेक आदी इत्यदिको फाईदा उठाइरहेका यो गाउँका मनिसहरुको मुहरमा खुशी छल्की रहेको देखिन्छ! त्यही माथि यातायातको लागि मोटरबाटो खुलेपछी सुनमा सुगन्ध थपिएको छ तर यहाँ खुशी को साथै दु:ख पनि झेलिरहेका छन किन भने यहाँ नजिक शिक्षा,स्वास्थ्य,र सुरक्षा को व्यबस्था छैन|
यहाँको खेतबारिमा १२ महिना सिचाईको व्बस्था भएको हुँदा मेहनती मानिसले कृषि जन्यवस्तु उत्पादन गरी बेचबिखन गरेर आफ्नो परिवार को जिबिका चलाऊन सक्छ|आज भन्दा आठ बर्ष पहिले यो गाउँमा प्युठानको झिम्रुक जल विधुतबाट बिजुलिको सुबिधा पाएपछी सबैको घर-घरमा मनोरन्जनात्मक बस्तुहरु टेलिभिजन,कम्प्युटर,डेक आदी इत्यदिको फाईदा उठाइरहेका यो गाउँका मनिसहरुको मुहरमा खुशी छल्की रहेको देखिन्छ! त्यही माथि यातायातको लागि मोटरबाटो खुलेपछी सुनमा सुगन्ध थपिएको छ तर यहाँ खुशी को साथै दु:ख पनि झेलिरहेका छन किन भने यहाँ नजिक शिक्षा,स्वास्थ्य,र सुरक्षा को व्यबस्था छैन|माध्यमिक तहको पढाई गर्नको निम्ती डेढ दुई घण्टा पैदल यात्रा गरेर मात्र शिक्षा प्राप्त गर्नको लागि खिल्जी,असुरकोटको उदयठाँटीमा आउनुपर्ने मज्बुरी विधार्थीहरुलाई छ|विध्यालय टाढा भएतापनी यहाँका मनिसहरु ९५ प्रतिशत साक्षत्कार छन् शिक्षाको ज्योति टाढा-टाढा छरिएको हुन्छ भन्ने भनाइलाई यो गाउँले स्पस्ट पारेको छ|समयले धेरै फड्को मारी सक्यो जहिले देखी यो गाउँको बाटोमा मोटरगाडीहरु गूड्न थालेपछी यो गाउँका विधार्थीहरु मोटरगाडीमा चढेर विधालयजाने गरेको देखिन्छ|
धन्य छन् यो गाउँका मानिस जस्ले आफुले गरिखाने खेतहरु हाँसीखुशी सुम्पिदिएका थिए आज भन्दा डेढ दशक पहिलेको स्थितिलाई लिएर अहिलेको यो सुबिधाजनक समयलाई देख्दा साँच्चैनै सपना जस्तो लाग्दछ|सधैं गाउँपारिको जंगलमा बाघ,राते,घोरल आदी जनावरको आवाजले यो गाउँका मानिसहरु तर्सन्थे तर आजकल भने आधुनिक मोटरगाडीहरुको आवाजले गाउँलेहरुलाई रमणिय बनाएको छ| तपाईंहरुको सुबिधाको लागि बुटवल र कृष्णनगर देखी सिधा सन्धिखर्क हुँदै बस र जिप जोगिटारीको लागि र प्युठान देखी भालुबाङ र जुम्रीबाट बस र जिप को सुबिधा साथै जोगिटारिमा खाना बस्नको लागि गाउँकै बसिन्दाको होटलको व्यबस्था छ|मगर जातिकै समाज भएको हुनाले यहाँका मानिसहरु मिलेर आफ्नो जातित्वलाई समेटेर “नेपाल मगर क्लब” को स्थापना गरेका छन् सो क्लबले समाजमा भएका नराम्रा विकृतिहरुलाई मेटाउने,परी आएको खन्डमा सहयोग गर्ने समय-समयमा सान्स्कृतिक अनी खेल्कुद कार्यक्रम राख्दै आएको छ जस्ले गर्दा यहाँका मानिसहरु भबिश्यमा राम्रो सोचबिचार सँगै राम्रा कार्यहरु गरेर यो गाउँलाई सबैको सामुने चिनाउने धारणा राखेको क्लबको भनाइ छ|
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.