अफ्रिकी मुलुक घानामा अकस्मात अवतरण गरिएको एक विमान बससँग ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।
बोइङ ७२७ कार्गो विमान घानाको राजधानी आकरामा अवतरण गर्ने क्रममा धावनमार्गमा अनियन्त्रित भई नजिकैको बाटोमा रोकिराखेको बसमा ठोक्किँदा उनीहरुको मृत्यु भएको हो ।
विमानमा रहेका चालक दलका चार सदस्य भने सकुशल छन् । विमान दुर्घटनाको अनुसन्धान थालिएको छ ।