– प्रेमनारायण आचार्य
अर्घाखाँची २३ जेठ । नेपाली काग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा माओबादी बाहेकका जिल्लामा अस्तित्वमा रहेका ६ राजनितिक दलको बैठक आज बिपि स्मेती भबन सन्धिखर्कमा सम्पन्न भएको छ ।
नेपाली काग्रेस नेकपा एमाले राजमो नेकपा एकिकृत राप्रपा र राष्ट्यि जनसक्ति पाटी गरि ६ राजनितिक दलको आज बसेको बैठकले असंबैधानिक बर्तमान सरकारको बिरुद्धमा केन्द्रको निर्देशन अनुसार जेठ २५ गते शान्ति बगैचामा बिरोध प्रदर्शन गर्ने निर्णय गरेको काग्रेसका जिल्ला सचिब बासुदेब आचार्यले जानकारी दिनु भयो ।
साथै बैठकले बिरोध प्रदर्शन कार्यक्रमा सहभागि हुन पाटीका भातृ संघ सस्था सुभेच्छुक पत्रकार नागरिक समाज उद्योगी ब्यापारी शिक्षक बुद्धिजिबी सबैलाई आग्रह गर्ने पनि निर्णय गरेको छ ।