– प्रेमनारायण आचार्य
अघाखाँची २४ जेठ । अर्घाखाँचीको खन मखातमा पहिलो पटक बस पुगे पछि स्थानीय बासिन्दा पंचेबाजा बजाएर नाचगान गरि खुसियाली मनाएका छन् ।
कडा चटान फोरेरगाविस जिबिस फनबोर्ड र संसद बिकास कोषको गरि कुल एक करोड ५० लाखकोलागतमा अर्घाको बिहार देखि खन सम्मको १२ किलोमिटर मोटर बाटो निर्माण भएर पहिलोपटक बस पुगे पछि स्थानीय बासिन्दा हर्षित भएका हुन् ।
पहिले तीर्थ गर्न लाहोर गएको समयमा बस देखेको थिए यहाहाम्रो गाँउमा बस आउला भनेर कहिले सोचेको थिएन आज बस आयो अतयन्तै खुसीलागेको छ स्थानीय ८८ बर्षि झबकला पोख्रेलले बताउनु भयो ।
मोटर बाटोको उद्घाटन गर्दै शान्ती तथा पुननिर्माण मन्त्रि टोपबहादुर रायमाझीले ४ बर्षाको समयमा संबिधान निर्माण गर्न र शान्ती प्रकृया निस्कर्षमा पुराउन नसकेकाले राजनितिक दल र नेता प्रतिको बिश्वास गुमेको बताउनु भयो ।
एकिकृत नेकपा माओवादीका स्थायी कमिटि सदस्य समेतरहनुभएका मन्त्री रायमाझीले राजनितिक स्वार्थर ब्यक्तिगत स्वार्थ त्यागेर संबिधान सभाको निर्बाचन गराई नँया संबिधान बनाउनुपर्ने बताउनु भएको छ ।
उहाले प्रतिगमनकारीकोचलखेलको कारणले संबिधानसभा बिघटन भएको बताउदै देश अगाडी बढेको देख्न र अग्रगमनन चाहने राजनितिक दलहरुको चलखेलका कारणले संबिधान सभा र शान्ती प्रकृयाले गतिलिन नसकि संबिधान सभा भंग भएको बताउनु भयो ।
अर्घाखाँचीको खनमाबिहार रामपोत मखात खन मोटरबाटोको उद्घाटन गर्दै मन्त्रि रायमाझिले यो सरकारले संबिधान सभाको निर्बाचन गराउनेबताउदै माओवादी भित्रको बिरोध स्वभाविक भएको र जति बिरोध र सडक आन्दोलन गरेपनिपाटी एक ढिक्का भएर अगाडी बढ्ने बताउनु भयो ।
मन्त्रि रायमाझिले अर्घाखाँचीलाई सालझण्डी सन्धिखर्क ढोरपाटन सडक र पोखरा रिडी सुर्खेत सडकले फाईदा तथा रहात पुग्ग्ने बताउदै जिल्लाको अर्घाको धरम्पानीमा बिमान स्थलबनाउन पहल भैरहेको जानकारी गराउदै अर्घाखाँचीमा कृषि र पर्यटनका क्षेत्रमा नँयायोजना ल्याउने तयारी भैरहेको बताउनु भएको छ ।
कार्यक्रममा स्थानीय बिकास अधिकारी हेमराज बराल सहायक प्रमुख जिल्ला अधिकारीभेसराज खनाल माओबादीका केन्द्रिय सल्लाहाकार राजु नेपाली जिल्लाईन्चार्ज चन्द्रबहादुर खड्का नेपाली काग्रेसका जिल्ला सदस्य कृष्ण खनाल एमालेकाबालकृष्ण आचार्य राजमोका जिल्ला सदस्य कृष्ण सुनार जनमुक्तिका ईन्द्रबहादुर गेलांग पश्चिमााचल बस बयबसायी समितिका अध्यक्ष कलाधर न्यौपाने उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष कृष्ण प्रसादखनाल लगायतले मन्तब्य राख्नु भएको थिायो ।
कार्यक्रम मोटरबाटोउपभोक्ता समितिका अध्यक्ष बिष्णुप्रसाद खनाल मुस्कानको अध्यक्षता खिमानन्द खनालकोसंचालन र दुर्गा प्रसाद खनालको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।
Arghakhanchi.Com’s earlier story is below:-
सहमतिको विकल्प छैन् मन्त्रि रायमाझी
गणेश खनाल
अर्घाखाँची जेठ २४ गते । शान्ति तथा पुर्न निर्माण मन्त्रि टोप बहादुर रायमाझीले दलहरु मिल्नुको विकल्प नभएको बताउनुभएको छ ।
रामपथ मखात खन मोटरबाटोको बुधवार उढ्घाटन गदै मन्त्रि रायमाझीले दलहरुको आ आफनै हठका कारण सविधान सभा विघटन हुनु परेको भन्दै देशलाई निकास दिनका लागी दलहरु मिल्नुको विकल्प नभएको बताउनुभयो ।
देशमा अग्रमन र प्रतिगमविचको लडाई जारी रहेको बताउदै प्रतिगामिहरुको विजयका कारण सविधान सभा विघटन भएको बताउनुभयो ।
राजनितीक पार्टीमा एउटा शत्ति युद्ध लडेर आएका धङ्गधङ्ग र अर्को तिर राजतन्त्रको सहयात्राको आभास भएकाले देशले निकास नपाएको बताउनुभयो । जिविसको १० लाख र मन्त्रालयको १० लाख र ४० लाखको ऋणमा सडक सम्र्पन भएको उपभोत्तँ समितीका अध्यक्षँ विष्णु मुस्कान खनालले जानाकारी दिनुभयो ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.