अफगानिस्तानको कान्दाहारमा भएको शक्तिशाली आत्माघाती विष्फोटमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
कान्दाहार विमानस्थल नजिकको स्थानीय वजारमा दुई जना आत्माघाति आक्रमणकारीले विष्फोट गराएका हुन् ।
नेटो सेनाको लागि खाद्यान्न ढुवानी गर्ने ट्रक ड्राईभरहरुको वाहुल्यता रहेको क्षेत्रमा श्रृंखलावद्ध विष्फोट गराईएको हो । प्रान्तीय प्रहरी प्रमुख अब्दुल रजिकका अनुसार घटनामा परी ५० जनाभन्दा बढी घाईते भएका छन् ।
अफगानिस्तानमा तालीवान विद्रोहीहरुको पकड क्षेत्र मानिने कान्दाहार प्रान्त त्यहाँको आदिवासी कट्टरपन्थी मुस्लीम विद्रोहको उद्गमस्थल मध्येको एक हो ।