नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले प्रधानमन्त्री बाबुराम भट्टराइलाई केही समयका लागि भएपनि संविधानसभा ब्युँताउन सुझाव दिनुभएको छ ।
देउवालाई भेट्न बुढानीलकण्ठस्थित उहाँको निवासमै पुग्नु भएका प्रधानमन्त्री भट्टराइलाई देउवाले संवैधानिक र राजनीतिक संकट समाधान गर्न पनि सहमति जुटाएर संविधानसभा व्यूँताउनुको विकल्प नभएको बताउनुभयो ।
संविधानसभा ब्युँताउन संभव नहुने भए आम सहमति जुटाई चुनाव गराउन र त्यो पनि संभवन नहुनेभए संविधान मस्यौदा आयोग बनाई संविधान बनाउन र त्यसलाई जनमत संग्रह मार्फत अनुमोदन गर्न सुझाव दिनु भएको थियो ।
भेटमा प्रधानमन्त्री भट्टराइले असहज परिस्थितिका कारण संविधान सभा विघटन गर्नुपरेको भन्दै दलहरुबीच सहमति भए आफ् जस्तोकै त्याग गर्न तयार रहेको बताउनु भएको थियो ।