काम नसकिदै नदीमा पानीको सतह बढन थालेपछि कोसीको पुर्वी तटबन्ध जोखिममा

– अबधेशकुमार झा

 

इनरुवा  – सप्तकोसीको पुर्वी तटबन्धलाइ जोखिमवाट बचाउन नदीमा भइरहेको पाइलट च्यानल खन्ने काम पुरा नभएपछि यसवर्ष पनि वषर्ातका बेला कोसीको पुर्वी तटबन्ध जोखिममा पर्ने स्थिती उत्पन्न भएको छ । काम नसकिदै नदीमा पानीको सतह बढन थालेपछि ठेकेदार कम्पनिहरुले काम गर्न छोडेर सबै मेसिन उठाएर लगेका छन् । ठेकेदारले काम गर्न छोडेपछि तटबन्ध जोगाउन खन्न लागिएको पाइलट च्यानल निर्माण कार्य अधुरै भएको छ । तर कोसी योजनाका कर्मचारीहरुले काम पुरा भएको दावी गरेका छन् । यद्धपी नेपाली प्राबिधिकहरुले भने काम पुरा नभएको र वषर्ातका बेला नदीमा पानीको सतह बढे पुर्वी तटबन्ध एक पटक फेरी जोखिममा पर्न सक्ने स्थिती प्रति चिन्ता ब्यक्त गरेका छन् ।

०६५ साल भदौ २ गते सुनसरीको पश्चिम कुसहामा कोसीको पुर्वी तटबन्ध भत्केपछि कोसीको संरचनालाइ मजबुत वनाउने तर्फ नेपाल र भारत दुबै सरकारको ध्यान केन्दि्रत भएको थियो । ०६५ भदौ २ गते पछि सुनसरीको चतरादेखी हरिपुर सम्म कोसीको पुर्वी तटबन्धमाथी नदीको पानीको दवाव भएपछि कोसी योजनाले बिभिन्न तीन स्थानमा नदी भित्रै पाइलट च्यानल खनेर पानीलाइ नदीको मध्य भागवाट बगाउने योजना ल्याएको थियो । सो योजना अन्तरगत उदयपुरको डुम्रेबोट , सुनसरीको श्रीलंका टापु र प्रकासपुर नजिक तीन ठाउमा पाइलट च्यानल खन्ने कार्य सुरु समेत गरिएको थियो ।

सुनसरीको चतरा स्थित सुनसरी मोरग सिंचाइ आयोजनाको चतरा नहरको १३ आरडी मा पानीको दवाव बढन सक्ने स्थितीलाइ ध्यानमा राखि खन्न थालिएको उदयपुरको डुम्रेबोट नजिकको पाइलट च्यानलको काम नसकिदै पानीको सतह नदीमा बढेपछि उक्त च्यानल खन्ने कार्य पुरा हुन नसकेको पुर्वान्चल क्षेत्रिय सिंचाइ निर्देसनालयका निर्देसक मानिकलाल श्रेष्ठले बताए । उनले अन्य दुइवटा च्यानल खन्ने काम पनि केही मात्रामा हुन नसकेको बताए । तटबन्धमाथी पानीको दवाव कम गर्न च्यानल खन्ने काम सुरु गरिएपनि सो काम पुरा हुन नसक्दा तटबन्ध जोखिममै रहेको निर्देसक श्रेष्ठले बताए ।

उनले भने वषर्ातका बेला पानीको सतह बढे तटबन्ध वारे भन्न सकिने अबस्था छैन् । तर भारतीय पक्षले भने काम समपन्न भइसकेको दावी गरेको छ । कोसी योजनाका चिफ इन्जिनयर राजेशकुमारले तीनवटै च्यानल खन्ने काम पुरा भएको दावी गरे । कान्तिपुरसित टेलिफोनमा उनले भने काम पुरा भइसकेको छ , धेरै जोखिम छैन् । यसैबीच सप्तकोसीमा केही दिन यता पानीको सतह बढने क्रम सुरु भएको छ । दुइसाता अघि नदीमा प्रति सेकेन्ड १५ देखी २० हजार क्युसेकको हाराहारीमा पानीको बहाब भइरहेकोमा साता अघिवाट पानीको बहाब ४० देखी ६० हजार क्युसेक प्रति सेकेन्डका दरले हुन थालेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी लक्ष्मणकुमार थापाले नदीमा काम पुरा भए नभएको वारे बुझने काम भइरहेको बताए । उनले नदीमा पानीको सतह बढने बितिकै ठेकेदार कम्पनिहरुले च्यानल खन्न प्रयोग गरेको टयाक्टर र स्काइभेटर नदीवाट निकालेर लगेको बताए ।