एक दिनका लागि संविधान सभा व्युँताउन परेको रिट कारण देखाउन आदेश जारी गर्दै थप सुनुवाईका लागि विशेष इजलासमा लैजाने आदेश

गोविन्द परियार


 काठमाडौं, जेठ २६ – एक दिनका लागि संविधान सभा व्युँताउन परेको रिटमा प्रधान न्यायाधीश खिलराज रेग्मीको एकल इजलासले सरकारका नाममा कारण देखाउन आदेश जारी गर्दै थप सुनुवाईका लागि विशेष इजलासमा लैजाने आदेश गरेको छ।

अधिवक्त भोजराज आचार्य, धनबहादुर श्रेष्ठ र ज्ञानप्रसाद खनालले दायर गरेको रिटमा अर्को संविधान सभाको चुनाव मिति तोक्ने मन्त्रिपरिषदको निर्णय वदर गर्न माग गरिएको छ। 

रिटमा अर्को संविधान सभाको चुनावलाई वैधानिक बाटोबाट घोषणा गर्न बाटो खुला गर्ने आशय देखिन्छ। रिटमा सरकारले घोषणा गरेको चुनावलाई विघटन गरी संविधान सभाको म्याद एक दिन कायम रहेको घोषणा गर्न माग गरिएको छ।