स्टिक संघको नवनिर्वाचन सम्पन्न

नेपालगञ्ज, जेष्ठ २९ गते। नेपालको एक मात्र मौलिक तथा परम्परागत खेल नेपाल स्टिक (लरुी) स्पोर्ट्स एशोसिएसनको हिजो जेष्ठ २८ गते बेलुकी ७ बजे नेपालगञ्जमा सम्पन्न प्रथम वार्षिक सभा तथा नवनिर्वाचित जेष्ठ २८ गते नेपालगञ्जमा आयोजना हुन गई रहेको प्रथम वार्षिक साधारण सभा तथा नया कार्यसमितिको चयन भएको छ।


यस संघ वि.स. २०६५ सालमा विधिवत दर्ता भई राखेप द.न. ६७ रहेको नेपाल स्टिक स्पोर्ट्स एशोशिएसनको प्रथम निर्वाचनमा अध्यक्षमा मुने बेहना, उपाध्यक्षहरुमा अलि हुसेन बेहना, नखिराम वि.क. र माधवराज पोखरेल, महासचिवमा क्षितिज अरुण श्रेष्ठ, कोषाध्यक्षमा रामचन्द्र थारु, सचिवमा तिरथ बहादुर थारु तथा सदस्यहरुमा प्रवीणराज वन्त, प्रज्वल महर्जन, महेश तुलाधर, नेवल कुमार थारु, राजेश्वर कुशवाहा, अमरुल्लाहा मिया, भगवती अधिकारी, मुन्सार अली बेहना, गफार अली शेख र कृष्ण चन्द रहेका छन्।


यस निर्वाचन सम्पन्न गर्न राखेपबाट प्रमुख निर्वाचन आयुक्त डेम बहादुर बस्नेत (प्रमुख, म.प.क्षे.वि.समिति, बाँके), निर्वाचन आयुक्त मिन बहादुर जि.सी. (लेखा अधिकृत, म.प.क्षे.वि.समिति, बाँके) र निर्वाचन आयुक्त बिरोध विक्रम जि.सी. (प्रमुख, बाँके जि. खे. वि.समिति) खटिनु भएको थियो। यस निर्वाचन कार्यक्रम पश्चात निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहणका साथै म.प.क्षे.वि.समिति, बाँकेका अध्यक्ष अक्कल बहादुर बमबाट प्रमाण पत्र बितरण गर्नु भएको थियो।


यस प्रथम वार्षिक साधारण सभामा लरुी (स्टिक) खेलको उदय भएको जिल्ला बाँके गरि दाङ्ग, सुर्खेत, बर्दिया, कैलाली, कञ्चनपुर, कलैया, पर्सा, रुपेन्दही र काठमाडौंका प्रतिनिधीहरुले सहभागिता जनाएको थियो। हाल यस खेलमा करिब ४,५०० जना खेलाडीहरुले नियमित प्रशिक्षण लिई रहेका छन्।