स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलका अनुसार बैठकले पार्टी एकताका लागि अपीलसमेत् गरेको छ। पार्टी एकता क्रान्तिकारी आन्दोलन सुरक्षित गर्ने, संघर्षको स्वरुप बदल्ने र त्यसका लागि नेतृत्व त्याग्ने परेमा तयार रहनेसमेत निर्णय भएको उनले जानकारी दिए।
बैठकले राष्ट्रिय सहमतिपछि नयाँ सरकार निर्माण गर्ने निर्णय समेत गरेको छ। आज दिउँसो ३ बजे दाहाल पक्ष र उपाध्यक्ष मोहन वैद्य पक्षधरका नेताबीच वार्ता हुँदैछ। यो निर्णयसहित दाहाल पक्ष पार्टी एकताको पहलमा सक्रिय रहनेछ। बैठकले पहिचानसहितको संघियता र संघियतासहितको संविधानलाई जोड दिएको छ। पार्टीको कार्यदिशा नयाँ जनवादी क्रान्तिअनुसार हुने र अहिलेसम्म भएका कमी कमजोरीको समीक्षा गर्ने निर्णयसमेत बैठकले गरेको छ।