काठमाडौ । पार्टी एकताकोलागी भन्दै प्रचण्डले प्रस्तुत गरेको सात बुँदे सहमतिको प्रस्ताव बैद्य पक्षले अस्विकार गरेको छ । बैद्य पक्षधर नेताहरुको स्थायी समितिको बसेको बैठकले प्रस्तावमा अध्यक्षले अहिलेसम्म भएका गल्ती कमजोरीलाई स्विकार गर्दै आत्मालोचनाको कुनै कुरा उल्लेख नगरेको भन्दै सो प्रस्तावको आधारमा सहमति बन्न नसक्ने निष्कर्स निकालेको बरिष्ठ उपाध्यक्ष मोहन बैद्यले जानकारी दिए ।
उनले सहमतिकोलागी पार्टी भित्र लामो समयदेखि कायम रहँदै आएको असहमतिको विषयलाई उल्लेख नै नगरी आफ्नो कुरामात्रै लाद्न खोजे जस्तो देखिएको भन्दै त्यसमा छलफल नहुने बताए ।
बैठकले आफूहरुको विचार समूहले उठाउँदै आएको विषयबस्तुमा प्रस्ताव मौन देखिएको समेत स्पष्ट पारेको छ ।