नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा युरोपेली युनियनमा आवद्व राजदूतहरुको भेटवार्ता तिब्र

काठमाडौ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा राजनीतिक भेटघाट सुरु गरेको युरोपेली युनियनमा आवद्व राजदूतहरुको समूहले आज पनि आफ्नो भेटघाटलाई निरन्तरता दिएका छन ।

 

यसक्रममा यरोपीयन युनियन आवद्व राजदुतहरुको टोलीले आज एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा संविधानसभाको विघटन, यसले पारेको प्रभाव तथा दलहरुको आगमी कार्यदिशाको बारेमा जिज्ञासा राखेको बताईएको छ ।

 

उनीहरुले संविधानसभाको विघठन सँगै दलहरुवीच बढेको तिक्तताप्रति चिन्ता ब्यक्त गर्दै एमाले र काग्रेसलाई बाहिर राखेर चुनाव हुन सक्छ भनेर प्रश्न गरेका थिए । अध्यक्ष प्रचण्डले एक उच्चस्तरीय राजनीति संयन्त्र निर्माण गरेर दलहरुवीच सहमति कायम गरेर अगाडि बढ्न सकिने भन्दै छिट्टै त्यस विषयमा सहमति बन्न सक्ने बताएका थिए । उनले दलहरुवीचको सहमतिको आधारमा निर्वाचन हुने भन्दै मंसिर ७ भित्रमा निर्वाचन सम्भव रहेको बताएका थिए । 

 

 युरोपेली युनियनमा आवद्व राजदूतहरुले हिजो राष्ट्रपति डा रामबरण यादवसँग भेट गरेका थिए । दलहरुबीच सहमति तथा छलफलकोक्रम पातलिएपछि युरोपेली युनियनमा आवद्व राजदूतहरुले राजनीतिक भेट बाक्लो बनाएका हुन् । RSS