तीन दिनदेखि परेको अविरल वर्षाका कारण पाँचथरका बासिन्दा पहिरोको उच्च जोखिममा

तीन दिनदेखि परेको अविरल वर्षाका कारण पाँचथरको आधा दर्जनभन्दा बढी उत्तरपूर्वी गाविसका बासिन्दा पहिरोको उच्च जोखिममा परेका छन् ।

 

पहिरोको कारण अहिले दुई सय वढी परिवार विस्थापित हुने अवस्थामा पुगेको हो ।

 

पाँचथरको ओयाम, एकतिन, नाँगिन, सिदिन, मेमेङ, प्राङबुङ, याङनामलगायत गाविसका बासिन्दा पहिरोको जोखिममा परेका हुन् ।

 

काठमाडौंसहितका देशका अरु जिल्ला खडेरीको चपेटामा परेका बेला पूर्वी पहाडी जिल्लामा भने बर्षात्को चेपमा परेका हुन् । – RSS