काठमाडौ – प्रतिपक्षीको विरोधका बीच सरकारले सिफारिस गरेको दुई वटा अध्यादेश राष्ट्रपति रामवरण यादवले सोमबार जारी गरेका छन् । पारस्परिक कानुनी साहयता र सुपुर्दगीसम्बन्धी अध्यादेश जारी भएको हो । दुवै अध्यादेश सम्पति शुद्धीकरणसंग सम्बन्धित छन् ।
सरकारले मन्त्रिपरिषद्बाट पारित गरेर आइतबार दुवै अध्यादेशको मस्यौदा पारितका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । नेपालले अन्तर्राष्ट्रिय समुदाय समक्ष व्यक्त गरेको प्रतिवद्धता र राष्ट्रिय हितलाई समेत दृष्टिगत गर्दै अन्तरिम संविधानको धारा ८८ को उपधारा १ अनुसार दुवै अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
अन्तर्राष्ट्रिय स्वतन्त्र संस्था सम्पति शुद्धीकरण निवारण गर्ने सम्बन्धमा फाइनान्सियल एक्सन टास्क फोर्सले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन नबनाएकामा नेपाललाई कालो सूचीमा राख्ने चेतावनी दिंदै आएको थियो ।
यसअघि कांग्रेस, एमाले सहित २७ दलले राष्ट्रपति समक्ष कामचलाउ सरकारले पेस गर्ने अध्यादे जारी नगर्न लिखित आग्रह गरेको थियो । – RSS