एकीकृत माओवादीको सस्थापन पक्षद्धारा पहिले देखिको योजना अनुसार पार्टी फुटाएको प्रतिक्रिया

काठमाडौं, । एकीकृत नेकपा माओवादीको सस्थापन पक्षले पहिले देखिको योजना अनुसार पार्टी  फुटाएको प्रतिक्रिया दिएको छ । लामो समय देखि रिम सँगको योजनाबाट पार्टी  फुटाउने लक्ष्य रहेको र अहिले आएर मात्रै पुरा भएको सस्थापन पक्षका नेताहरुले बताएका छन् ।

 

प्रचण्ड नजिकका पोलिटब्युरो सदस्य हरीवोल गजुरेलले रिमको योजना र साठगाठ अनुसार नै मोहन वैद्य किरणले पार्टी  फुटाएको आरोप लगाए । “यो लामो ग्राण्ड डिजाइन अनुसार नै पार्टी टाइएको हो। गजुरेलले भने, वैद्य पक्षका हरु संविधान र शान्ति विरोधी हुन उनीहरु पहिले देखि नै पार्टी वभाजन गरेर जान चाहान्थ्यो अहिले मात्रै गएका हुन ।”

 

उनले माओवादीलाई अरुले साचेजस्तो फरक नपर्ने पनि बताए । प्रवक्ता दीनानाथ शर्माले पार्टार्र्लि भोलि नै अबको परिस्थितिबारे समिक्षा गर्ने बताए ।

 

 अहिले केही नेताहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लाजिमपाट निवासमा पुगेका छन् ।  – RSS