काठमाडौं, ५ असार नेपाल आयल निगमले आजबाट लागु हुने गरि डिजेल र मटितेलमा मुल्यबृद्धि गरेको छ ।
इन्डियन आयल कर्पोरेशनले पठाउने नयाँ मूल्यमा निगम नाफा घाटा बराबरको स्थितिमा आउने अवस्था रहेकै बेला मंगलबार मटिटतेल र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ बढाइएको छ ।
बढेको मूल्य अनुसार डिजेल र मटिटतेल प्रतिलिटर उपभोक्ता मूल्य ९३ रुपैयाँ पुगेको छ ।
यसअघि मटिटतेल र डिजेल प्रतिलिटर ८९ रुपैयाँ थियो । – RSS