माओवादी फुटाएपछि वैद्य भन्छन् चुनाव पनि लड्दैनौं, युद्धमा पनि जान्नौ

काठमाडौं, असार ५ मोहन बैद्य नेतृत्वको नवगठित नेकपा, माओवादीले चुनाव पनि नलड्ने र छापामार युद्ध पनि नलड्ने निर्णय गरेको छ। ुशान्तिपूर्ण जनविद्रोहु गर्ने कार्यदिशा अपनाउने निर्णय गर्दै गठिते नयाँ पार्टीले ुजनयुद्धको तयारीमा कार्यक्रम ल्याउनेु निर्णय भने गरेको छ। 
 अध्यक्ष वैद्यले नेतृत्वले देश र जनतालाई धोका दिएका कारण ुजनयुद्धु कालीन धारलाई निरन्तरता दिन क्रान्तिकारी ढंगले पार्टी पुनर्संगठित गरेको बताए। ुपार्टीको नेतृत्व क्रान्तिप्रति इमान्दार भएन, अवसरवादी भयो,ु शेर्पा सेवा केन्द्रमा सोमबार राति १० बजे नागरिकसँग भने। उनले संस्थापन पक्ष इमान्दार भएर गल्ती स्वीकारेमा त्यहाँभित्रका क्रान्तिकारीहरूसँग अघि बढ्न सक्ने बताए। 
उपाध्यक्ष बाबुराम भट्टराईको ुशान्ति र संविधानु को कार्यदिशामा असहमति राख्ने केन्द्रीय समितिका ४८ सदस्यहरू वैद्यको पार्टीमा आबद्ध छन्। बाबुराम भट्टराई पक्षधरलाई छाडेर आएमा पार्टी एकता गर्ने भन्न खोज्नुभएको हो भन्ने प्रश्नमा बैद्यले कुनै प्रतिक्रिया जनाएनन्। उनले नयाँ पार्टीको अधिवेशन फागुनमा गर्ने निर्णय भएको बताए। मंगलबार पत्रकार सम्मेलन गरी नयाँ पार्टी गठनबारे विस्तृत रूपमा आफ्नो धारणा सार्वजनिक गर्ने बताए।
आफैंले बनाएको पार्टी फुटाउने निर्णय गर्नुपर्दा पनि दुःख नलागेको बताउँदै उनले भने, ुपार्टी फुटाएको हैन, पार्टीलाई नयाँ जीवन दिने प्रयत्न गरेकोले दुःख लागेको छैन।ु उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालले गल्ती महसूस गरेर आफूले अपनाएको क्रान्तिकारी धारमा आएमा अझै पार्टी एकताको संभावना बाँकी रहेको उनले बताए। ुउहाँहरू पनि पार्टीको अधिवेशन गर्ने भन्दै हुनुहुन्छ, हामी पनि अधिवेशन गर्दैछौं,ु बैद्यले भने, ुयसबीचमा दुई पार्टीको नेतृतवबीच वार्ता हुनेछन्, उहाँहरू पनि सच्चिएर हाम्रो नीति स्वीकार्नु भयो भने दुवै दलको संयुक्त अधिवेशन पनि गर्न सकिन्छ।ु एकताको संभावना बाँकी राखेर नयाँ पार्टीको स्थायी समितिमा कोही पनि नयाँ अनुहारलाई सहभागी गराइएको छैन।
क्रान्तिकारी पार्टी बनाउने भनी विभाजित भए पनि भेलाले छापामार युद्धमा जान संभव नभएको निष्कर्ष पनि निकालेको छ। ुछापामार युद्ध संभव छैनु, भेलामा सहभागी थारू राष्ट्रिय मुक्तिमोर्चाका महासचिव इन्द्रजीत थारूले भेलाको निष्कर्षबारे भने, ुचुनावी तरिकाले पनि जान सकिंदैन, संविधानसभाको पुनर्स्थापनामा पनि जान सकिंदैन।ु उनले संविधानसभाको चुनाव बहिष्कार गर्ने निर्णय भेलाले गरेको जानकारी दिए।
एकीकृत माओवादीको संस्थापन पक्ष चुनावी ढंगले अघि बढिरहेकोले नयाँ माओवादी पार्टी चुनावी राजनीतिमा सहभागी नहुने निर्णय पनि गरेको छ। महाधिवेशनसम्म पार्टी एकतालाई खुल्ला राख्ने निर्णय पनि गरेको छ। अहिलेको नेतृत्व महाधिवेशनसम्मका लागि संगठन समिति बनाएको हो। ुफुटको उपादेयता सावित गर्न सक्नु यो समूहको चुनौती होु, थारुले भने। उनले पनि माओवादी पार्टी एक हुने संभावना बाँकी नै रहेको उनले बताए। 
छापामार युद्ध संभव नदेख्ने उक्त पार्टीले दमन भएमा त्यसको प्रतिरोध स्वरुप पुनः छापामार युद्ध गर्नसक्ने निष्कर्ष पनि निकालेको छ। भेलामा सहभागी नेवाः राज्य समितिका सदस्य राम गौतमले भने, ु००६ सालमा कम्युनिष्ट पार्टी गठन हुँदा र ०५२ सालमा छापामार युद्ध सुरु हुँदाका एजेन्डा फेरिएका छैनन्, त्यसैले नयाँ पार्टीलाई गति दिनेछ।ु
शान्तिपूर्ण जनविद्रोह गर्दा सरकार दमनमा उत्रले र त्यसको प्रतिकार सशस्त्र रूपमा हुने हुनाले छापामार युद्ध पुनः हुनसक्ने उनले बताए।
भेलामा सहभागीहरू पार्टी फुटे पनि दुःखित देखिन्नथे। भेलामा पूर्व लडाकूहरू पनि प्रशस्त सहभागी थिए। रामेछापको दोरम्बा घर भएका भेलामा सहभागी पूर्व लडाकू विर्खबहादुर मगर, २३, ले भने, ुविगतमा युद्ध लड्दाको आदर्श हासिल नभएकाले त्यसका लागि पार्टी फुटाउनुपरेको हो।ु कम्ब्याट लगाएर भेलामा सहभागी उनी शक्तिखोर क्यान्टोन्मेन्टबाट अढाइ लाख लिएर बाहिरिएका हुन्। दोरम्बा घटनामा मामा टेकबहादुर थापा गुमाएका उनले पार्टी नेतृत्वले भनेमा फेरि पनि लडाइमा होमिन तयार भएको बताए।
नुवाकोटका अर्का पूर्व लडाकू नवीन सुवेदी, २५, ले विश्वास व्यक्त गरे, ु०५२ सालको विचारलाई निरन्तरता दिन पार्टी फुटाएको भन्नुभएको छ। प्रचण्डले विचार छाडे।ु
काभ्रेका पूर्व लडाकू खड्गबहादुर श्रेष्ठले भने, ुहामी मसानघाटका अँगार हौ, अंगार हल्लिँदा पनि मलामी तर्सन्छन्। कांग्रेस एमाले हामीसँग डराउँछन्।ु उनले माओवादी नेतृत्वप्रति आक्रोश पोखे, ुयो दुनियाँको छोरादोरी मारेर मस्ती गर्ने नेता विरुद्ध पनि हो। दमन गरेमा प्रतिरोध गर्ने क्षमता छ।ु भोजपुरका पूर्वसभासद् पदम राईले भने पार्टीको आकार पहिले भन्दा सानो भए पनि क्रान्तिकारी पार्टी बन्ने विश्वास व्यक्त गरे।ु भेला पूर्व निर्धारित भन्दा एक दिन ढिलासम्म चलेको पनि उनले बताए।