– गणेश खनाल
अर्घाखाँची असार ५ । सकि्रय सेवा समाज अर्घाखाँचीको आयोजनामा जिविको पार्जन सुधार कार्यक्रम चुनौती सम्भावना र भावि योजना विषयक अन्तरकि्रया कार्यक्रम आज सन्धिखर्कमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्ने बत्ताहरुले एचआईभि संक्रमणीहरुलाई माया स्नेहका अतिरिक्त आफनो जिविका चलाउनका लागी राज्यले ठोस कार्यक्रम ल्याउनु पर्ने बताएका थिए ।
यसरी मन्तव्य राख्नेहरुमा प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठ पहिलो महिला टेम्पो चालक लक्ष्मी शर्मा सर्मपण समुह कपिलवस्तुका सचिव हरि अर्याल हुनुहुन्थ्यो ।
सकि्रय सेवा समाजकी निर्देशक विष्णु घिमिरेको अध्यक्षता अर्घाखाँची समाजका प्रमुख बालकृष्ण खत्रीको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
हिजो देखी चलेको अन्तरकि्रयमा कपिलवस्तु पाल्पा स्याङ्जा अर्घाखाँची जिल्लाका प्रतिनिधीहरुको सहभागिता रहेको कपिलवस्तु सकि्रय सेवा समाज प्रमुख शुशिला बेल्वासेले बताउनुभयो ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।