आफ्नै आमालेको मकैवारीमा पुरेको बच्चालाई जीवितै उद्दार

खगेन्द्र अधिकारी

 

ताप्लेजुङ – ताप्लेजुङको फुङ्लिङ १ देउलिङ्गेमा जन्मिएको केही समयमै आफ्नै आमालेको मकैवारीमा पुरेको बच्चालाई गाउँलेलेले जीवितै उद्दार गरेका छन्। बच्चाको अवस्था समान्य छ।

 

 मकैवारीमा पुरिएको अवस्थामा गाउलेहरुले सो बच्चा फेला पारेको ताप्लेजुङ सदरमुकाम आउदै गरेका भएका त्रिभुवन उच्च् मावि थुकिमाका शिक्षक मातृका शर्पाले जानकारी दिए।


उनका अनुसार आफैले जन्माएका बच्चा पुर्ने आमा फुलमाया विकलाई गाउलेहरुले नियन्त्रणमा राखेका छन्। उनलाई प्रहरीको जिम्मा लगाउने तयारी भईरहेको बताइएको छ।

जिल्लाको सावाँ घर भएकी फुलमायाका श्रीमान विदेशमा रहेका र श्रीमान् बिदेश गएपछि उनी फुङ्लिङ १ देउलिङ्गेमा माईतीमै बस्दै आएको बताइएको छ।


ताप्लेजुङ प्रहरीले भने खवर पाउने वित्तिकै प्रहरी टोली त्यस तर्फ पठाइ सकिएको र गाउलेको नियन्त्रणमा रहेकी फुलमायाका बारेमा थप बिवरण लिएर नियन्त्रणमा लिने जनाएको छ।