मेरो जिन्दगी


– बाबु रोका (मगर)

नई दिल्ली, भारत

 

काहानी लेख्न खोजे तर
काहानी बनेन मेरो जिन्दगी
बर्षा बिनाको बादल जस्तै
भयो मेरो जिन्दगी|

क्यान्भासमा उतार्न खोजे तर
रंगिन बनेन मेरो जिन्दगी
जून बिनाको रात जस्तै
भयो मेरो जिन्दगी|


खुशी बनाउन खोजे तर
खुशीयाली बनेन मेरो जिन्दगी
पानी बिनाको सुख्खा बगर जस्तै
भयो मेरो जिन्दगी|


मैले माया गर्न खोजे तर
मायालु बनेन मेरो जिन्दगी
पात बिनाको रुख जस्तै
भयो मेरो जिन्दगी|


मेरो सस्तो जिन्दगीको माया पनि
सस्तो नै रहेछ
मैले कसैलाई माया गर्न खोज्नु
मेरो ठुलो गल्ती भएछ|
हाँसो त लेखेकै रहेन छ
कस्लाई के भनौ र खोइ
मेरो भाग्य नै यस्तै रहेछ|


आखिर बनेन केहीपनी
के हो मेरो जिन्दगी?