नेपालका लागि अमेरिकी नयाँ राजदूत अनुमोदित

काठमाडौ, असार ६ अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध सिमितले बुधबार पिटर विलियम बोडे नेपालका लागि राजदूतमा अनुमोदन गरेका छन् । उनलाई राष्ट्रपति बाराक ओवामाले मनोनित गरेका हुन् । 
पिटरले यसअघिका राजदूत स्कट एच डेलिसीलाई प्रतिस्थापना गर्नेछन् । बन्द लगायतका राजनीतिक गतिविधिहरुमा फेसबुकमा प्रतिक्रिया लेखेर चर्चामा रहेका डेलिसिलाई एक महिनाअघि फिर्ता बोलाएर युगाण्डका लागि राजदूत मनोनित गरिएको थियो । 
उनी हल इराको सक्रमणकालिन मिसनका उपप्रमुख रहेका छन् भने उनीसंग यसअघि काठमाडौंस्थित दूतावासमा काम गरेको अनुभवसमेत रहेको छ । 
उनी सन् १९८१ मा अमेरिकी सरकारको परराष्ट्र सेवामा प्रवेश गरेका हुन् । उनले मलवी, पाकिस्तान, जर्मनीलगायतका कुटनीतिक मिसनहरुका काम गरिसकेका छन् । त्यस्तै दिल्लीमा पनि काम गरेको अनुभव पिटरसंग रहेको छ ।