एमालेले आयोजना गरेको राष्ट्रिय भेलामा जनजाति नेता अनुपस्थित रहेकोबारे पार्टी अध्यक्षले प्रस्टिकरण सोध्ने

मणि दाहाल

 

काठमाडौं  – नेकपा एमालेले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा जनजाति नेता अनुपस्थित रहेकोबारे पार्टी अध्यक्ष झलनाथ खनालले प्रस्टिकरण सोध्ने बताएका छन्। ‘किन नआउनुभएको कम्रेड भनेर सोध्नेछौं,’ भेलाबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेललनमा उनले भने। 

खनालले विशेष समयहरुमा पार्टीमा समस्या देखिने गरेको बताउँदै त्यसलाई पहिचान गरेर समाधान गर्नुपर्ने बताए। उनले जनजाति नेताहरु पार्टीबाट फुटेर गइहाल्ने अवस्था नरहेको बताउँदै भने, ‘जनजाति नेताहरुसँग हाम्रो कुराकानी भइरहेको छ।’


दुई दिने कार्यकर्ता भेलाले १८ बुँदे प्रस्ताव पारित गरेको जानकारी पत्रकार सम्मेलनमा दिइयो।



भेलाको निर्णयको पूर्ण पाठ
भेलाले आगामी कामका योजना निम्नबमोजिम पारित गरेको छ :


 आगामी श्रावण १५ सम्म पाँचवटै विकास क्षेत्र, सबै जिल्ला र निर्वाचन क्षेत्र स्तरीय कार्यकर्ता भेला र सबै तहका पार्टी कमिटी र जनसङ्गठनका बैठकको आयोजना गर्ने। उक्त भेलामा संविधानसभा विघटनपछिको स्थिति, संविधान निर्माण र राज्यको पुनसंरचना संवन्धी पार्टीको प्रस्ताव तथा सर्वसत्तावाद विरुद्धको संयुक्त संघर्षका सन्दर्भमा पार्टीले अघि सारेको नीति, प्रस्ताव र योजनाका वारेमा छलफल चलाउने।


 सर्वसत्तावाद विरुद्धको आन्दोलनका लागि व्यापक लोकतान्त्रिक एकतामा आवद्ध राजनीतिक दलहरुको सहभागितामा जिल्ला स्तरिय संयन्त्र निर्माण गर्ने र योजनावद्ध रुपमा केन्द्रीय कार्यक्रमसंग संयोजन मिलाउँदै आन्दोलनका संयुक्त कार्यक्रमहरु अघि बढाउने।


 राष्ट्रिय प्रतिनिधि परिषदको वैठकबाट पारित पार्टीको आन्तरिक एकता सुदृढिकरण प्रस्ताव र पार्टीको वैधानिक व्यवस्थाका आधारमा स्थानिय तहका अन्तरविरोधहरुको समाधान गर्ने र पार्टीलाई एकतावद्ध बनाउने।


 पार्टी विरुद्ध फैलाइएको आरोप र भ्रमहरुको निवारणको लागि योजनावद्ध पहल अघि बढाउने। यस सन्दर्भमा आषाढ मसान्तसम्ममा पार्टी केन्द्रबाट विशेष सामग्री प्रकाशित गरिने छ।


 सामाजिक सद्भाव र राष्ट्रिय एकतामा प्रतिकूल असर पुग्ने खालका गतिविधिहरु बढ्दै गइरहेको वर्तमान सन्दर्भमा एकता र सद्भावको पक्षमा प्रत्येक जिल्ला कमिटी, जनसङ्गठन लगायतले जागरण अभियान संचालन गर्ने। त्यस्ता कार्यक्रमहरु सबै वर्ग, क्षेत्र र समुदायको सहभागितामा सम्पन्न गर्ने कुरामा अग्रसरता लिने।


 संक्रमणकाल लम्विदै जाँदा उत्पीडित वर्ग, समुदायका समस्या र सामाजिक विभेदका विषयहरु ओझेलमा पर्दै गएको यथार्थतालाई मनन गर्दै स्थानीय कमिटीहरुको अग्रसरतामा वर्गीय उत्पीडन, सामाजिक विभेद, कुप्रथा र परम्पराका विरुद्ध जागरण अभियान संचालन गर्ने।


 काम चलाउ सरकारका स्वेच्छाचारी, असंवैधानिक काम र क्रियाकलाप तथा भ्रष्टआचरणका विरुद्ध भण्डाफोर अभियान संचालन गर्ने।


 एमाओवादीको उग्रवामपन्थ र सर्वसत्तावादका विरुद्धमा विरोध र भण्डाफोर अभियान संचालन गर्ने। उनीहरुका गलत काम र क्रियाकलापका कारणले सामाजिक सद्भाव र राष्ट्रिय एकतामा प्रतिकूल असर परिरहेको यथार्थप्रति जनसाधारणलाई सचेत र जागरुक बनाउने।


 वर्तमान असंवैधानिक सरकारका मन्त्रीहरू सहभागी हुने कार्यक्रमहरू वहिस्कार गर्ने।


भेलाको अन्त्यमा पार्टी सचिवालय सचिव कमरेड विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत १८ सूत्रीय समसामयिक प्रस्तावहरु भेलाले गड्गडाहट तालीका साथ पारित गर्‍यो। र, एमाओवादी सर्वसत्तावादका विरुद्ध एकताबद्ध भई आन्दोलनको आँधीबेहरी सृष्टि गर्ने संकल्प गरी भेला समापन भयो।


पारित प्रस्तावहरु यसैसाथ संलग्न छन् :


क) राजनीतिक प्रस्ताव :


१ यो भेला, वर्तमान राजनीतिक सङ्कटको मुख्य कारकको रूपमा रहेको एकीकृत माओवादीको सर्वसत्तावाद रहेको ठहर गर्दछ। उसका षड्यन्त्रकारी योजना र वास्तविकतालाई ढाकछोप गर्न उसले गरिरहेका कुप्रचारहरूको खण्डन, प्रतिवाद गर्दै आम जनसमुदायलाई त्यसको वास्तविकता अवगत गराउने सङ्कल्प गर्दछ।


२ यो भेला, राजनीतिक सहमतिका आधारमा संयुक्त सरकार निर्माण गर्दै राजनीतिक र संवैधानिक सङ्कटको निकास खोज्न, जनआन्दोलनबाट प्राप्त उपलव्धिको रक्षा गर्न र जनआकाङ्क्षाअनुसार संविधान निर्माणको प्रक्रिया अविलम्व अगाडि बढाउन सम्बद्ध सबै पक्षलाई आह्वान गर्दछ।


३ यो भेला, लोकतान्त्रिक राष्ट्रिय एकतामा आवद्ध हुन लोकतन्त्र, शान्ति, अग्रगमन, सामाजिक सद्भाव एवं राष्ट्रिय एकताका पक्षधर सबै राजनीतिक शक्तिहरूलाई हार्दिक आह्वान गर्दछ। सर्वसत्तावाद विरोधी आन्दोलनलाई अझ सशक्त बनाउन अपिल गर्दछ। साथै, एकीकृत नेकपा (माओवादी) लाई यस मुलुकलाई थप धु्र्रवीकरण एवं मुठभेडको अवस्थामा पुग्न नदिन तथा बिथोलिएको सहमतिको प्रक्रियालाई सुचारु गर्दै सहमतिको सरकार गठनका निम्ति तयार हुन आह्वान गर्दछ।


४ यो भेला, नेकपा (एमाले) का विरुद्ध सङ्घीयता र पहिचान विरोधी भनेर प्रायोजित र पूर्वाग्रही ढङ्गले गरिंदै आएको कुप्रचारलाई अस्वीकार र भ्रर्त्सना गर्दछ। बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता अनुरूप, पहिचान र सामर्थ्यको सन्तुलनमा आधारित नेपाली विशेषता सहितको सङ्घीय ढाँचाको पक्षमा दृढता व्यक्त गर्दछ। पहिचानका नाममा बढाउन थालिएको जातीय विद्वेष र सामाजिक तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दछ। सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिने सङ्कल्न गर्दछ ।


५ यो भेला लोकतान्त्रिक गणतन्त्रको रक्षा, शान्ति प्रक्रियाको पूर्णता, राज्यको लोकतान्त्रिक अग्रगामी पुनर्संरचना, सामाजिक न्याय सहितको लोकतन्त्रको प्रत्याभूति, सामाजिक एकता र जातीय सद्भावको सुदृढीकरण एवं राष्ट्रिय हितको रक्षा यतिबेलाका मुख्य वैचारिक-राजनीतिक प्रश्न हुन् । सबल, सशक्त र एकतावद्ध पार्टी एवं जनताको वहुदलीय जनवादको स्पष्ट वैचारिक कार्यदिशाका आधारमा मात्रै यी कामहरू संभव छन् भन्ने मान्यतामा दृढ रहँदै पार्टीलाई एकतावद्ध र सुदृढ गर्दै मुख्य वैचारिक प्रश्नमा सम्पूर्ण पार्टी पंक्तिको ध्यान केन्द्रित गर्ने सङ्कल्प गर्दछ।


६ यो भेला, विगतका कामहरुको वस्तुनिष्ठ र गंभीर समीक्षाले मात्रै हामीलाई नयाँ चुनौतीको सामना गर्न सक्षम तुल्याउनेछ भन्ने निष्कर्सका साथ उपयुक्त विधि र प्रकृयाद्वारा यी काम सम्पन्न गरेर समीक्षा प्रतिवेदन सहित यथासक्य चाँडो सिङ्गो पार्टी पङ््क्ति समक्ष उपस्थित हुने र त्यसका आधारमा सिंगो पार्टीलाई एकतावद्ध, सशक्त र प्रभावकारी बनाउने सङ्कल्प गर्दछ।


७ यो भेला, पार्टीको आन्तरिक एकता सम्बन्धी राष्ट्रिय प्रतिनिधि परिषदको वैठकले लिएका निर्णयका आधारमा वर्तमान चुनौतीको सामना गर्न पार्टीमा अझ उन्नत स्तरको एकता कायम गर्दै अगाडि बढ्ने सङ्कल्प गर्दछ।


८ यो भेला, यस राष्ट्रिय कार्यकर्ता भेलाका सुझाव सहित स्वीकृत गरेका कार्यक्रम र कार्ययोजनाका आधारमा जनआन्दोलनको दिशामा अघि वढ्न र त्यसका माध्यमवाट माओवादी सर्वसत्तावादलाई परास्त गर्दै लोकतन्त्रलाई माओवादी चङ्गुलबाट मुक्त गर्ने र मुलुकलाई सहमतिको दिशामा फर्काउने सङ्कल्प गर्दछ।


ख) सामयिक प्रस्ताव :


९ यो भेला, आफैले गरेको कथित निर्वाचनको घोषणा र निर्वाचन आयोगले जारी गरेको आचार संहिताको समेत धज्जी उडाउँदै स्वेच्छाचारी ढंगले शासन चलाउन खोज्ने वर्तमान सरकारको सर्वसत्तावादी कुकृत्यको भर्त्सना गर्दछ। साथै, निर्वाचन आचार संहिता जारी भइसकेको अवस्थामा स्वेच्छाचारी ढंगले प्रहरी अधिकृतहरू तथा कर्मचारीहरूको व्यापक सरुवा गर्ने सरकारको गैरजिम्मेवार, विधिको शासन विरुद्धको स्वेच्छाचारी कदमको निन्दा, भर्त्सना र अस्वीकार गर्दछ। ती अनाधिकृत निर्णयहरूलाई अविलम्व खारेज गर्न माग गर्दछ।


१० राजनीतिक दलहरुको व्यापक विरोध हुँदाहुँदै देशलाई सङ्कटग्रस्त तुल्याएर जम्बो टोलीका साथ ब्राजिलको भ्रमणमा जाने प्रधानमन्त्री बाबुराम भट्टराईको स्वेच्छाचारी र गैरजिम्मेवार कार्यको यो भेला भर्त्सना गर्दछ। शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरूमाथि काम चलाउ सरकारको आदेशमा सुरक्षा निकायबाट गरिएको सांघातिक आक्रमणको यो भेला विरोध र निन्दा गर्दछ। उक्त आक्रमणमा परी घाईते भएका आन्दोलकारीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ।


११ नेकपा (एमाले) समेतका राजनीतिक दलहरूद्वारा खुल्लामञ्चमा आयोजित जेठ २६ गतेको विरोधसभाको प्रत्यक्ष प्रसारण गरेको आरोपमा सरकारले नेपाल टेलिभिजनका का.मु. महाप्रबन्धक दीपकमणि धिताललाई पदमुक्त गरेको घटनाप्रति &#234