एएफसी च्याम्पियनसिपमा नेपालको यात्रा कठिन

काठमाडौं, ७ असार गोलकिपर विशाल श्रेष्ठको विर्सनलायक गल्तीमा २ गोल बेहोरेपछि नेपाल एएफसी २२ वर्षमुनिको च्याम्पियनसिपको छनौटमा बुधबार उज्वेकिस्तानसँग ४(२ ले पराजित भयो ।
 
लगातार दोस्रो हारसँगै नेपाल छनौटबाटै बाहिरिने लगभग पक्का भएको छ । उसको सम्भावना गणितीय रुपमा मात्र बाकी छ । 
 
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा उज्वेकिस्तानका गदोएभले गोल गर्दै टीमलाई अग्रता दिलाएको थियो । त्यसको २ मिनेटपछि नै उज्वेकिस्तानले २ गोलको अग्रता लिन सफल भयो । नेपालले त्यसपछि आफनो स्थिति सुधार्दै पहिलो हाफ २(२ को बराबरीमा ल्याई पुर्‍याए ।  नेपालका लागि अनिल ओझा र सुजल श्रेष्ठले गरेका थिए । 
 
त्यसपछि नेपालको डिफेन्सिङ लाइनअफको कमजोरीको फाइदा उठाउदै उज्वेकिस्तानले ५६ र ८६ औं मिनेटमा गोल गर्दैर् समग्रमा ४(२ को नतिजा निकालेको हो ।